फ्रि भिसा फ्रि टिकटको माग गर्दै ज्ञापनपत्र बुझाइयो

<span class='c1'>फ्रि भिसा फ्रि टिकटको</span> <span class='c2'>माग गर्दै ज्ञापनपत्र बुझाइयो</span>

बिनु तिम्सिना
बिराटनगर चैत ३०
फ्रि भिसा फ्रि टिकटको माग राख्दै मोरङमा क्रियाशील गैरसरकारी संस्थाहरुले जिल्ला प्रशासनमार्फत श्रम तथा रोजगार मन्त्रालयलाई ज्ञापनपत्र बुझाएका छन् ।
म्यानपावर कम्पनीहरुले फ्रि भिसा फ्रि टिकट लागू गर्न नदिन चलखेल गरेको भन्दै मोरङमा क्रियाशील गैरसरकारी संस्था, टे«ड युनियनलगायतका निकायहरुले आज सहायक प्रमुख जिल्ला अधिकारी देवीबहादुर भण्डारीमार्फत मन्त्रायलमा ज्ञापनपत्र पठाएका हुन् । सरकारले गत असार २३ गते बहराइन, कतार, साउदी अरब, यूएई, ओमन, कुवेत मलेसियालगायतका देशमा कामदार पठाउनका लागि फ्रि भिसा फ्रि टिकट लागू गरेको थियो । तर सरकारको निर्णयविरुद्ध म्यानपावर व्यवसायीहरु आन्दोलनमा छन् । सरकारलाई आफ्नो निर्णयबाट पछि नहट्न विभिन्न सरोकारवाला निकायले दबाब दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्