गुजरात विधान सभा निर्वाचन : प्रधानमन्त्री मोदीकी १०० बर्षीया आमा हीराबेनद्वारा गान्धीनगरबाट मतदान

<span class='c1'>गुजरात विधान सभा निर्वाचन : प्रधानमन्त्री मोदीकी</span> <span class='c2'>१०० बर्षीया आमा हीराबेनद्वारा गान्धीनगरबाट मतदान</span>

प्रधानमन्त्री नरेन्द्र मोदीकी आमा हीराबेन मोदीले गुजरात विधानसभा चुनावको दोस्रो चरणका लागि सोमबार मतदान गर्नुभएको छ ।

सय वसन्त पार गरेकी हीराबेनले गान्धीनगरको रायसन प्राथमिक विद्यालयमा मतदान गर्नुभएको हो । साथै, भारतीय प्रधानमन्त्री मोदीले अहमदाबादको निशान पब्लिक स्कुलमा मतदान गर्नुभएको छ ।

यसैबीच, प्रधानमन्त्री मोदीले आइतबार आफ्नी आमा हीराबेनलाई गान्धीनगरस्थित उहाँको निवासमा भेट्नुभएको थियो ।

भेटमा लिएको एक तस्वीरमा प्रधानमन्त्री मोदीले आफ्नी आमाको खुट्टा ढोगेकोे देखिएको छ । प्रधानमन्त्री मोदीले आइतबार आफ्नी आमाको छेउमा बसेर साँझको चिया पनि लिनुभएको थियो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नी आमा हीराबेनको १०० औं जन्मदिनको अवसरमा गत जुन १८ मा पनि छोटो भेट गर्नुभएको थियो । रासस/सिन्ह्वा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्