विराटनगर महानगरद्वारा सामुदायिक कुकुरको बन्ध्याकरण अभियान सञ्चालन

<span class='c1'>विराटनगर महानगरद्वारा सामुदायिक कुकुरको</span> <span class='c2'>बन्ध्याकरण अभियान सञ्चालन</span>

विराटनगर ।  विराटनगर महानगरपालिकाले सामुदायिक कुकुरको बन्ध्याकरण तथा रेविजविरुद्धको खोप अभियान सञ्चालन गरेको छ ।

महानगरले मेयर नागेश कोइरालाको उपस्थितिमा विराटनगर–१९ स्थित वडा कार्यालयबाट अभियानको सुरु गरेको हो । अभियानअन्तर्गत सामुदायिक कुकुरको बन्ध्याकरण गर्नुका साथै रेविजविरुद्धको खोपसमेत लगाइनेछ । पहिलो दिन कञ्चनबारी, नोवेल, पञ्चमुखीचोक, पाञ्चालीलगायतका स्थानबाट सामुदायिक कुकुरलाई नियन्त्रणमा लिएर बन्ध्याकरण गरिएको पशुपंक्षी विकास शाखाका प्रमुख शुभनारायण यादवले जानकारी दिए । विराटनगर–१९ मा रहेको पशुसेवा सम्पर्क कार्यालयमार्फत बन्ध्याकरण गरिनेछ ।

विराटनगरका सबै वडाभित्र रहेका सामुदायिक कुकुर नियन्त्रणमा लिएर केन्द्रमा पुर्‍याइनेछ  । केन्द्रमा पशु विशेषज्ञबाट मेल र फिमेल कुकुरको बन्ध्याकरण गरिने उनले बताए । सहारा एनिमल केयरसँगको सहकार्यमा सञ्चालन गरिएको अभियानअन्तर्गत पहिलो चरणमा ५ सय कुकुरको बन्ध्याकरण गर्नुका साथै रेविजविरुद्धको खोप लगाइनेछ । बन्ध्याकरण र रेविजको खोप लगाएपछि सम्बन्धित कुकुरलाई नियन्त्रणमा लिएकै स्थानमा लगेर छाडिनेछ । बन्ध्याकरण गरिएका कुकुरलाई मासु, अण्डालगायतका खानेकुरासमेत खुवाइने शाखा प्रमुख यादवले बताए ।

विराटनगरमा सामुदायिक कुकुरको समस्या रहेकाले बन्ध्याकरण अभियान सञ्चालन गरिएको नागेश मेयर कोइरालाले बताए । “मर्निङवाकमा हिंड्दा पनि सामुदायिक कुकुरको डर मान्दै हिंड्नुपर्ने अवस्था छ,” उनले भने, “बन्ध्याकरण गरेर सामुदायिक कुकुरको वृद्धि रोक्ने र भएका कुकुरले टोकेमा रेविज नलागोस् भनेर खोप अभियान पनि सँगै सञ्चालन गरेका छौं ।” कोइरालाले विराटनगरलाई अब यस्थास्थितिमा बस्न नदिने उद्घोष गर्दै सफा, सुन्दर, व्यवस्थित र विकसित महानगर बनाउने अभियानमा साथ दिन सबैलाई आग्रहसमेत गरे । उनले सामुदायिक कुकुर पनि विराटनगरको समस्याका रुपमा रहेको चर्चा गरे ।

बन्ध्याकरणले विराटनगरमा देखिँदै आएको सामुदायिक कुकुरको समस्यामा कमीमा आउने मेयर कोइरालाको दाबी थियो । प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले महानगरले विभिन्न चरणमा १ हजार ६ सय कुकुरको बन्ध्याकरण गर्ने लक्ष्य राखेको जानकारी दिए । उनका अनुसार एउटा कुकुरको बन्ध्याकरण र रेविजविरुद्धको खोप लगाउँदा २ हजार ४ सय रुपैयाँ खर्च लाग्नेछ । पहिलो चरणको सम्पूर्ण खर्च महानगरले व्यहोर्नेछ । अन्य प्राविधिक सहयोग सहाराले गरेको छ ।

दोस्रो चरणमा महानगर र सहाराले ६–६ सय कुकुरको बन्ध्याकरण र रेविजविरुद्धको खोप लगाउने सम्झौता भएको छ । विराटनगर–१९ का वडाध्यक्ष श्याम घिमिरेले सबै वडा रहेका कुकुरको बन्ध्याकरण गरिने जानकारी दिए । उनले विराटनगरको समस्यामध्ये सामुदायिक कुकुर पनि भएको बताए । वडाध्यक्ष घिमिरेले बन्ध्याकरण र खोप लगाएका कुकुरलाई रिफ्लेक्टिभ वेल्टसमेत बाँधिने उल्लेख गरे ।

“यसरी बेल्ट बाँध्दा बन्ध्याकरण र खोप लगाएको सहजै थाहा हुन्छ,” वडाध्यक्ष घिमिरेले भने । पहिलो दिन सोमबार ३५ वटा कुकुरको बन्ध्याकरण र रेविजविरुद्धको खोप लगाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्