विराटनगर । नेपाली सांगीतिक क्षेत्रका स्वरसम्राट नारायण गोपाल गुरुवाचार्यको ३२ औँ स्मृति दिवस विराटनगरमा एक कार्यक्रमको आयोजना भव्य रुपमा मनाउको छ ।
स्वर संगम संगीतालय विराटनगरले सोमबार विराटनगर हाटखोलामा रहेको आरोहण गुरुकुलमा सांगीतिक कार्यक्रम आयोजना गरी नारायण गोपालको ३२ औँ स्मृति दिवस मनाएको हो ।
संगीतालयले नारायण गोपालको स्मृतीमा विराटनगरका नया पुस्ताका १८ जना गायकहरूले १८ वटा उहाँको गीत प्रस्तुत गरी उनको सम्झना गरिएको स्वर संगम संगीतालयका संस्थापक अध्यक्ष कुशेश्वर राईले बताउनुभयो । वि.सं १९९६ असोज १८ गते काठमाण्डौंको किलागलमा जन्मिएका उनको निधन वि सं २०४७ मंसिर १९ गते भएको थियो । उनको सम्झनामा नारायण गोपालले गाएको गीतहरु प्रस्तुत गरि प्रत्येक वर्ष स्मृति दिवस मनाउने गरेको राईले जानकारी दिनुभयो । कार्यक्रममा विराटनगर महानगरपालीकाका पुर्व मेयर तथा प्रदेश सासद भीम पराजुली, पुर्वाअञ्चल बाल आश्रमकी संचालिका सिता पोखरेल, विराटनगरका साहित्यकार, कलाकर्मी लगायतअन्य थुप्रै युवा पुस्ताको समेत उपस्थित रहेको थियो ।
सांगितीक कार्यक्रममा गितारमा दिपेन थापा, दिनेश श्रेष्ठ, विक्रम बस्नेत, किबोर्डमा विदुर कार्की, जयराम माझी, बासुरीमा सागर मिश्र, हार्मोनियममा शिवानी अटल, सौगात बराईली, प्याड ड्रममा विदेन्द्र पासवान र तवलामा रोशन राणा,अमित राई विकास मिश्र रहेका थिए भने विभिन्न युवा गायकहरुले गीत गाएका थिए । वि.सं २०१७ सालमा रेडियो नेपालबाट माणिकरत्न स्थापित र प्रेमध्वज प्रधानको संगीतमा गीत गाएर स्वर परीक्षा पास गरेका उनले थुप्रै कालजयी गीत गाएका छन् ।
२०२३ सालमा सर्वोत्तम संगितकार, २०२४ सालमा सर्वोत्तम गायक, २०३९ सालमा रत्न रेकर्ड पुरस्कार, २०३३ सालमा गोरखा दक्षिणबाहु चौथो, २०४० सालमा इन्द्र राज्यलक्ष्मी प्रज्ञा पुरस्कार, लगायत अन्य थुप्रै पुरस्कारले सम्मान गरिएको थियो । उनका म त लालीगुँरास भएछु, मलाई नसोध कहाँ दुख्छ घाउ , एउटा मान्छेको मायाले कति लगायतका थुप्रै कालजयी गीतहरु आज पनि उत्तिकै लोकप्रिय छन् । नारायण गोपालको संगितिक क्षेत्रमा एउटा छुटै छाप भएका कारण पनि हरेक पुस्ताले अझै पनि उनका कालजयी गीतहरु गुनगुनाई रहेका हुन्छ ।