विराटनगर महानगरद्वारा महिला स्वास्थ्य स्वयमसेविकाहरु सम्मानित

<span class='c1'>विराटनगर महानगरद्वारा महिला</span> <span class='c2'>स्वास्थ्य स्वयमसेविकाहरु सम्मानित</span>

विराटनगर । विराटनगर महानगरपालिकाले महिला स्वास्थ्य स्वयमसेविकाहरुलाई सम्मान गरेको छ ।

१९ औं महिला सामुदायिक स्वास्थ्य स्वयमसेविका दिवसको अवसरको अवसर पारेर महिला स्वास्थ्य स्वयमसेविकाहरुलाई सम्मान गरेको हो । लामो समयदेखि कार्य गरेर स्वयमसेविकाबाट विदाई भएर जाने १९ जनालाई महानगरका मेयर नागेश कोइराला, प्रमुख प्रशासकीय अधिकृत विष्णप्रसाद कोइराला, वडा नम्बर १ का वडाध्यक्षसमेत रहेका सामाजिक विकास समितिका संयोजक काजीबहादुर बस्नेतले दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरेका थिए । सो अवसरमा महिला स्वयमसेविकाहरु जानुका पोखरेल, सरस्वती चौधरी, भुवनेश्वरीदेवी बर्मा, हंसादेवी सरदार, डम्बरकुमारी खवासलगायत १९ लाई सम्मान गरेर विदाई गरिएको स्वास्थ्य महाशाखा प्रमुख हैदर अलिले जानकारी दिए ।

त्यसैगरी स्वास्थ्य स्वयमसेविकाका रुपमा आएका १९ जनालाई सोही अवसरमा टीका लगाएर स्वागत गरिएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोइरालाले ग्रामीण क्षेत्रसम्म पुगेर महिला स्वयमसेविकाहरुले सेवा पुर्‍याइरहेकोमा खुसी व्यक्त गरे । उनले महिला स्वास्थ्य स्वयमसेविकाहरु टोलटोलमा पुग्ने भएकाले सरसफाई र कर संकलनका लागि जनतालाई जागरुक हुन उत्प्रेरित गर्न आग्रह गरे ।

उनले स्वयमसेविकाहरुलाई कार्य हेरेर भत्ता वृद्धि गर्दै जाने प्रतिबद्धता जनाए । मेयर कोइरालाले विदाई भएर जाने प्रत्येक स्वयमसेविकालाई महानगरका तर्फबाट जनही २० हजार र चाँदीको करुवा दिने प्रतिबद्धता जनाए । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइराला, महानगरको सामाजिक विकास समितिका संयोजक काजीबहादुर बस्नेत, महिला स्वास्थ्य स्वयमसेविका गीता घिमिरेलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

महानगरका १९ वडामा १४८ जना महिला स्वास्थ्य स्वयमसेविका कार्यरत छन् । दिवसको अवसरमा महिला स्वास्थ्य स्वयमसेविकाहरुका लागि महानगरले सुनसरीको इटहरीस्थित तालतलैयामा वनभोजको समेत आयोजना गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्