मिस इन्टरनेसनलको फिनालेमा भाग लिदै विराटनगरकी चेली न्यान्सी खड्का

<span class='c1'>मिस इन्टरनेसनलको फिनालेमा भाग लिदै</span> <span class='c2'>विराटनगरकी चेली न्यान्सी खड्का</span>

विराटनगर । जापानमा हुन लागेको विश्व प्रतिष्ठित सौन्दर्य प्रतियोगिता मिस इन्टरनेसनलको फिनालेमा भाग लिन विराटनगरकी मिस नेपाल इन्टरनेसनल न्यान्सी खड्का जापान पुगेकीछिन् ।

आगामी मंसिर २७ जापानको टोकियो स्थित डोमी सिटी हस्पिटलमा हुने फिनालेमा भाग लिनका लागि पुगिसकेकी छिन् । न्यान्सी विराटनगरका राष्ट्रिय गायक सुमित खड्काकी सुपुत्री हुन् ।

उनी केही महिना अगाडी काठमान्डौमा भएको मिस नेपालमा मिस ईन्टरनेशनल भएकी थिईन् । विराटनगरको सेन्जोसेफ स्कुलबाट एसएलसी उत्तिण गरेकी खड्काले काठमान्डौमा उच्च शिक्षाको अध्ययन गर्दै आएकी छिन् ।

उनले काठमान्डौबाट जापान जानु अगाडी राष्ट्रिय झण्डा फरफराउदै विदाई भएकी थिईन् । साथै मिस नेपाल आयोजक द हिडन ट्रेजरका निर्देशक सुवर्ण क्षेत्री पनि त्यसतर्फ प्रस्थान गरेका छन् ।

प्रतियोगिता डिसेम्बर १३ मा टोकियोमा ६०औं संस्करणका रुपमा संचालन हुँदैछ, जसमा ६८ मुलुकका सुन्दरीले प्रतिस्पर्धा गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्