प्रदेशसभा सदस्य गुरुङ एकीकृत समाजवादीमा प्रवेश

<span class='c1'>प्रदेशसभा सदस्य गुरुङ</span> <span class='c2'>एकीकृत समाजवादीमा प्रवेश</span>

काठमाडौं । गण्डकी प्रदेशसभाका लागि मनाङ प्रदेशसभा निर्वाचन क्षेत्र नं २ बाट निर्वाचित स्वतन्त्र सांसद राजीव गुरुङ नेकपा (एकीकृत समाजवादी)का प्रवेश गर्नुभएको छ ।

सो पार्टीका अध्यक्ष माधवकुमार नेपालले आज आफ्नै निवास कोटेश्वरमा प्रदेशसभा सदस्य गुरुङलाई पार्टी प्रवेश गराउनुभएको हो ।

उहाँले आफ्नो पवित्र उद्देश्यसँग मेल खाने नीति, सिद्धान्त र विचार नेकपा(एकीकृत समाजवादी)सँग मिल्ने भएकाले सो पार्टी प्रवेश गरेको बताउनुभएको छ ।

उहाँले राजनीति कमाउनको लागि होइन सेवा भावले निस्वार्थ रुपमा जनताप्रति समर्पित भएर गरिनेकार्य भएको उल्लेख गर्दै भन्नुभएको छ, “यसलाई विकृत हुनबाट जोगाउनु आजको आवश्यकता र हाम्रो दायित्व हो ।”

प्रदेशसभा सदस्य गुरुङले परिवर्तित परिस्थितिमा एक्लै रहनुभन्दा राजनीतिक पार्टीको सङ्गठनमा आबद्ध भई त्यसका नीति, विचार र सिद्धान्तबाट निर्देशित हुँदै त्यसको बलमा गरिने पहलकदमी तथा जनसेवा थप प्रभावकारी हुने निष्कर्षमा आफू पुगेको उल्लेख गर्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्