विराटनगर । विराटनगरबाट फरार प्रतिवादी एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
सम्मानित मोरङ जिल्ला अदालतको मिति २०७९।०६।१६ गतेको सजाय निर्धारण फैसला आदेशले १ महिना ५ दिन कैद र २ हजार ५ सय जरिवाना बेरुजु रहि असुल गर्न बाँकी रहेका चोरी मुद्दाका फरार प्रतिवादीलाई विराटनगर महानगरपालिका-६ का २८ बर्षीय शेखर कामतलाई १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर (आरआइटी) को प्रहरी टोलीले पक्राउ गरेको हो ।
खोज तलास गर्ने क्रममा गाँउघरमा नै लुकिछिपी बसेको अबस्थामा पक्राउ परेका कामतलाई सम्मानित मोरङ जिल्ला अदालतमा दाखिला गरे पश्चात सम्मानित अदालतले कैद भुक्तानको लागी जिल्ला कारागार मोरङ पठाएको प्रहरीले जनाएको छ ।