विराटनगर । सापटी लिएको रकम फिर्ता गर्दा नक्कली भारु दिएर ठगी गरेको आरोपमा विराटनगर–१ फुटबलचौकमा डेरा गरि बस्ने महेस भन्ने महेन्द्र मेहतालाई प्रहरीले पक्राउ गरेको छ । गत भदौ २० गते कटहरी–४ का महादेव पासवानलाई ९९ हजार रुपिँया भारु रकम उपलब्ध गराएका मेहताले ६ वर्ष अगाडी भारतमा नोटबन्दी गरिएको बेलाको पैसा यस बेला उनलाई बुझाएको खुलेको हो ।
बिरामी परेका पासवानले लामो समयपछि मेहतापछि प्रहरीमा जाहेरी दिएका हुन् । जाहेरीका आधारमा प्रहरीले आइतबार बिहान मेहतालाई पक्राउ गरेका थिए । मेहताको कोठामा खानतलासी गर्दा प्रहरीले थप ४५ हजार नक्कली भारु समेत बरामद गरेको छ ।
मोरङ प्रहरीका प्रहरी नायव उपरीक्षक दिपक श्रेष्ठले मेहतालाई नियन्त्रणमा लिएर ठगी कसूरमा अनुसन्धान भईरहेको जानकारी दिएका छन् । मेहता अवैध कारोबारमा चिनिएका व्यक्ति भएको प्रहरीको बुझाई छ । उनले गतल क्रियाकलाप गर्ने र प्रहरीका विरुद्ध समेत कतिपय ठाउँमा हुलहुज्जत गर्ने गरेको आरोप छ ।