लुम्बिनी प्रदेशको स्थायी राजधानीमा मुख्यमन्त्रीको कार्यालय सारियो

<span class='c1'>लुम्बिनी प्रदेशको स्थायी राजधानीमा</span> <span class='c2'>मुख्यमन्त्रीको कार्यालय सारियो</span>

दाङ । लुम्बिनी प्रदेशको स्थायी राजधानी भालुवाङमा मुख्यमन्त्री कार्यालय स्थानान्तरण गरिएको छ । यसअघि अस्थायी मुकाम बुटवलबाट कार्य सञ्चालन गर्दै आएको प्रदेश सरकारले अब भालुवाङबाटै काम थाल्ने छ ।

मुख्यमन्त्री कार्यालयका सम्पूर्ण फर्निचर, कागजपत्र र सचिवालयका सामानसहितका सामग्री स्थायी राजधानीमा भालुवाङ पु¥याइएको हो । दाङको राप्ती गाउँपालिका–३ स्थित राप्ती प्राविधिक शिक्षालयलाई सरस्वती माविमा स्थानान्तरण गरिएपछि त्यहाँ मुख्यमन्त्रीको कार्यालय आवास गृह, मुख्य सचिवको कार्यालय र आवास गृह निर्माण गरिएको छ ।

मुख्यमन्त्रीका प्रेस संयोजक मानसिंह विकका अनुसार आइतबारबाट मुख्यमन्त्री कार्यालले देउखुरीबाटै सेवा प्रवाह गर्नेछ । उहाँले यही हप्ताभित्र आन्तरिक मामिला, कानुन तथा सञ्चार मन्त्रालय, अर्थ मन्त्रालय र कोष लेखानियन्त्रण कार्यालय पनि ल्याउने तयारी गरिएको जानकारी दिनुभयो ।

नवनिर्वाचित प्रदेशसभा सदस्यलाई भालुवाङमै सफथ खुवाउनेसमेत तयारी गरिएको छ । प्रदेशसभा भवनसमेत निर्माणको अन्तिम चरणमा छ । २०७७ असोज २० गतेको प्रदेशसभा बैठकले दाङको राप्ती गाउँपालिका, गढवा गाउँपालिका वडा नं १, २ र ३ तथा अर्घाखाँचीको शीतगङ्गा नगरपालिका–८ र ९ लाई केन्द्र मानेर स्थायी राजधानी तोकेको थियो ।

विसं २०५० मा स्थापना भएको राप्ती गाउँपालिका –५ स्थित राप्ती प्राविधिक शिक्षालय १६ बिघा क्षेत्रफलमा फैलिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्