विराटनगर । अमेरिकी दुतावासको सहयोग र विकल्प एन अल्टरनेटिभ सहकार्यमा प्रदेश १ मा पनि पहिलो पटक संचालन हुन लागेको “युथ इन पोलिसी एण्ड गभर्नेन्स फेलोसिप ” को आवेदन मंगलबार विराटनगरमा एक कार्यक्रम गरी सार्वजनिक गरिएको छ ।
सन् २०२०/२१ मा पहिलो पटक गण्डकी प्रदेशमा यो फेलोसिपको आयोजना पोखरा रिसर्च सेन्टरले अमेरिकी दुतावास काठमाडौंको सहयोगमा संचालन गरेको थियो। सन् २०२१/२२ मा कर्णाली प्रदेशमा दुतावासकै सहयोगमा ऋति फाउन्डेसन संगको सहकार्यमा यस कार्यक्रम संचालन गरिएको थियो भने गण्डकीमा नेसनल ईण्डोमेण्ट फर डेमोक्रेसीको सहयोगमा संचालन गरिएको थियो । यस वर्ष ( २०२२/२३) गण्डकी प्रदेशमा नेसनल ईण्डोमेण्ट फर डेमोक्रेसीको सहयोगमा र प्रदेश नं. १ मा अमेरिकी दुतावासको सहयोग र विकल्प एन अल्टरनेटिभको सहकार्यमा यो फेलोशिप संचालन हुन लागेको हो।
विशेष गरेर युवा वर्ग त्यसमा पनि २० देखी ३० वर्ष उमेरका युवाहरुलाई कानुन तथा सार्वजनिक निति निर्माणमा सहभागी गराई प्रदेश सभाका माननीय सदस्यहरुसँग रहेर काम गर्दै प्रदेश सभालाई बलियो बनाउन सहयोग गर्ने उद्देश्यले यो कार्यक्रम पोखरा रिर्सच सेन्टरको पहलमा सन् २०२० देखि सुरु गरिएको हो । सन् २०२० मा सुरु गर्दा पुर्व व्यवसायीक संसदीय सहयोग कार्यक्रमको नाममा सुरु गरीएका थियो भने हाल यसलाई रिब्राण्डिङ्ग गरेर गरिएको छ ।
युथ इन पोलिसी एंड गभर्नेन्स फेलोसिप प्रदेश नं १ को आवेदन डिसेम्बर २ अर्थात मंसिर १६, २०७९ देखि डिसेम्बर २२ पौष ७, २०७९ सम्म खुला रहनेछ जसमा २० देखि ३० वर्षका कम्तीमा स्नातक तहमा अध्ययन गरिरहेका र सम्बन्धित प्रदेशमा कम्तीमा १ वर्ष देखि बसोबास गर्दै आएका नेपाली नागरिकले आवेदन दिन पाउनेछन् । आवेदकहरु मध्येबाट सुरुको चरणमा ५० जना लाई छनौट गरी पहिलो तहको तालिम दिइनेछ जसबाट २५ जनालाई छनौट गरि दोस्रो तहको तालिम दिइनेछ ।
अन्तिम चरणमा १२ जनालाई छनौट गरी तेस्रो तहको तालिम पश्चात प्रदेश सभाका सदस्यहरुसंग ज्ञान सहयोगीका रुपमा ६ महिना काम गराइनेछ । तालिमका क्रममा युवाहरुले सार्वजनिक नीति निर्माण, सुसाशन, सरकारको संरचना, अनुसन्धान आदिका बारेमा प्रशिक्षण प्राप्त गर्नेछन ।
युथ इन पोलिसी एण्ड गभर्नेन्स फेलोसिप कार्यक्रमको आवेदन भर्नुहोस् :
https://bit.ly/3Y61I5l