मुख्यमन्त्रीको दावेदार आङ्बोले गरे सातवटा कार्ययोजना सार्वजानिक

<span class='c1'>मुख्यमन्त्रीको दावेदार आङ्बोले गरे</span> <span class='c2'>सातवटा कार्ययोजना सार्वजानिक</span>

विराटनगर । प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री ईन्द्रबहादुर आङ्बोले आगामी कार्याकालका लागि प्रदेश १ का लागि प्राथमिकतामा पर्ने सात वटा कार्ययोजना सार्वजनिक गरेका छन् । मन्त्री आङ्बोले आफ्नो समाजिक सञ्जालमा आगामी ५ वर्षे कार्ययोजनामा शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेका हुन् ।

्विगत ५ बर्षको प्रदेश सरकार र प्रदेश सभामा रहँदा प्राप्त ज्ञान अनुभव र भर्खरै सम्पन्न निर्वाचनमा मतदाता र नागरिकको मनोवृत्ति र मनोबिज्ञानको आधारमा आगामी ५ बर्षको कार्ययोजना सार्वजनिक गरेको उनले बताएका छन् । मन्त्री आङ्बो मुख्यमन्त्रीको दाबेदार समेत हुन् ।

मन्त्री आङ्बोले सार्वजनिक गरेको योजनाहरु
१.सामुदायिक शिक्षामा व्यापक सुधार,शैक्षिक पुर्वाधारको बिकाश,गुणस्तरीय र प्राबिधिक शिक्षामा जोड।
२. सरकारी अस्पतालहरुको पुर्वाधार र सेवामा गुणात्मक सुधार,निशुल्क आधारभुत स्वास्थ्य सेवा र सहज विशेषज्ञ चिकित्सा सेवा र उपचारमा नागरिकको सहज पहुँच ।
३. बितरणमुखी र पहुँचमुखी बजेटलाई निरुत्साहित गर्दै दिगो, उत्पादन र सेवा केन्द्रित पुर्वाधार निर्माणमा जोड।
४. उत्पादन९कृषि,उध्योग,निर्माण,बन,पर्यटन लगायत०मा जोड र व्यापक रोजगारी सिर्जना।
६. सार्बजनिक सेवा प्रबाह र कर्मचारीतन्त्रमा देखिएको ढिलासुस्ती नोकरशाहीपन र औपचारिकताबाद जस्ता प्रवृत्तिको अन्त्य र सार्बजनिक सेवामा व्यापक सुधार
७. भ्रष्टाचार शून्य सहनसिलताको नीति र सुशासनको प्रत्याभूति।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्