विविधताबीचको एकता हाम्रो सौन्दर्य र हाम्रो शक्ति हो : मुख्यमन्त्री राई

<span class='c1'>विविधताबीचको एकता हाम्रो सौन्दर्य र हाम्रो</span> <span class='c2'>शक्ति हो : मुख्यमन्त्री राई</span>

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले विविधताबीचको एकता हाम्रो सौन्दर्य र हाम्रो शक्ति रहेको बताएका छन ।

मुख्यमन्त्री राईले हरेक वर्षको मार्ग शुक्ल पूर्णिमाका दिन मनाइने किरातहरूको महान पर्व उधौली, लिम्बू समुदायको महान चाड चासोक तङनाम र नेवारहरूको महत्वपूर्ण पर्व यःमरि पुन्हिको सुखद शुभकामना दिने क्रममा यस्तो बताएका हुन ।

सम्पुर्ण नेपालीले मनाउने पर्वहरूले सबैमा एकताको भावना विकास गराउन सहयोग पुगेको बताउदै मुख्यमन्त्री राईले कामना र अपेक्षासहति शुभकामना दिएका छ्न । शुभकामना सन्देशमा लेखिएको छ",किरात तथा लिम्बू मान्यताअनुसार मार्ग शुक्ल पूर्णिमाको दिनदेखि हिउँद(जाडो) शुरु हुन्छ । यसै दिनदेखि न्यानोको खोजीमा पशुपन्छी, विभिन्न जीवजन्तु लेकबाट बेसीतिर उँधो झर्ने गर्छन् । त्यसै भएकाले यस दिन मनाइने पर्व(साकेला)लाई उधौली भनिएको हो । उधौली पर्व अन्नबाली भित्र्याएको खुशीयालीमा मनाइन्छ । यस पर्वमा मूलतः प्रकृति, भूमि, पितृहरू आदिको पूजा गरिन्छ । यो पर्वमा मौलिक भेषभूषा लगाउने, ढोल, झ्याम्टा बजाएर साकेला(चण्डी) गीत गाउने, नाच्ने गरिन्छ ।

नेवारहरूले मनाउने यःमरि पुन्हि पर्वका दिन चामलको पिठोभित्र चाकु, तिल, खुवा आदि राखेर विशेष प्रकारको रोटी बनाएर खाने गरिन्छ । यस्तो रोटीलाई नेवारी भाषामा ‘यःमरि’ भनिन्छ । यही यःमरि खाएर मनाइने पर्व भएकाले यःमरि पुन्हि भनिएको हो भन्ने भनाइ पनि छ । यःमरि पर्वका दिन अन्न भण्डारमा यःमरि, लक्ष्मी, गणेश, कुबेर आदिको प्रतीक÷प्रतिमा बनाई चढाउने पनि गरिन्छ । यसरी अन्नभण्डारमा चढाएको यःमरि चार दिनपछि निकालेर बाँडेर खाने गरिन्छ । यःमरि पुन्हिका दिन घरघरमा गएर यःमरि गीत गाउँदै यःमरि माग्ने चलन पनि छ ।"

बहुभाषिक, बहुजातीय, बहुधार्मिक र बहुसांस्कृतिक मुलुक नेपालमा विभिन्न जाति, भाषा, धर्म र समुदायले मनाउने चाडपर्व हाम्रा सम्पत्ति हुन् । विविधताबीचको एकता हाम्रो सौन्दर्य र हाम्रो शक्ति पनि हो । त्यसैले एक अर्काकोे भाषा, धर्म, संस्कृति, पर्व आदिलाई सम्मान र स्वीकार गर्दै राष्ट्रिय एकतालाई सुदृढ गर्नु सबै नेपालीको कर्तव्य र दायित्व हो ।"

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्