सांसद हुन मिडिया समाएका अरुण राठी साझेदारबाटै बन्धक, खत्ताबलाई खोज्दै प्रहरी

<span class='c1'>सांसद हुन मिडिया समाएका अरुण राठी</span> <span class='c2'>साझेदारबाटै बन्धक, खत्ताबलाई खोज्दै प्रहरी</span>

विराटनगर । काठका सामग्री टाँस्न प्रयोग गरिने ‘राठीकोल’ नामको कम्पनी, विराटनगरको डीपीएस स्कुल, हेरिटेज स्कुल, इस्टर्न इन्जिनियरिङ कलेजका सञ्चालक अरुणकुमार राठी गत हप्ता आफ्नै साझेदारबाट बन्धक बनाईए । विराटनगरका उद्योगी राठी व्यापारिक साझेदार बनेर ‘नेपाल टाइम्स’ नामक अनलाइन टेलिभिजनको सञ्चालक समेत थिए । उनका यतिधेरै व्यवसायीक संस्था हुँदाहुँदै मिडियामा प्रवेश गर्नुको कारण भने राजनीतिमा सक्रिय हुनु रहेको धेरैको बुझाई छ ।

उद्योगीबाट मिडियाको सञ्चालक बन्ने ईच्छामा उनले आफूलाई राजनीतिक धारमा फर्काउन सहयोगी हुने ठानेका थिए । एमालेबाट प्रदेशसभा सदस्यमा समानुपातिकतर्फ सिफारिस समेत भए । मंसिर ४ गतेको निर्वाचन आसपास उनले आफैं साझेदार रहेको मिडियालाई प्रचारका लागि खुबै प्रयोग गरे । बाँकी उनका उत्पादनको विज्ञापन समेत आफ्नै मिडियामा प्रकाशित गरेर प्रचार–प्रसार गर्दै आएका थिए ।

राठीलाई साझेदारका रुपमा भित्र्याएका नेपाल टाइम्सकै सञ्चालक सहन्साह भनिने अब्दुल खत्ताबले उनलाई बन्धक बनाएर १५ लाख असुलेको आरोप छ । अन्य दुई जना मुकुल दाहाल र मोहम्मद सदिक हसन पनि साझेदार छन्। राठीले अपहरणको शैलीमा बन्धक बनाएको दाबी गर्दै आएका छन् ।

यहि दावी अनुसार राठीले साझेदार खत्ताब विरुद्ध प्रहरीमा जाहेरी दिएका छन् । उनको जाहेरी परेपछि प्रहरीले मुद्दा दर्ता गरेर अनुसन्धान सुरु गरिसकेको छ । मोरङ प्रहरीका प्रहरी नायव उपरीक्षक दिपक श्रेष्ठले पीडितले दिएको जाहेरीका आधारमा खत्ताबलाई पक्राउ गर्न अदालतबाट वारेन्ट अनुमति लिएर अहिले खोजतलास भईरहेको जानकारी दिएका छन् । घटनाको बारेमा अनुसन्धान सुरु भएको छ, बाँकी कुरा पछि सार्वजानिक गरिने छ, प्रहरी नायव उपरीक्षक श्रेष्ठले भने–घटनाको अनुसन्धानमा भित्री पक्षको अध्ययन भईरहेको छ ।

मिडियाका सञ्चालक खत्ताबले मङ्सिर १३ गते साँझ फोन गरेर १४ गते बिहानको समयमा राठीलाई कार्यालयमा बोलाएको दावी छ । बिहान साढे ६ बजे नै खत्ताबको स्टुटीमा आफू गएको राठीले बताउँदै आएका छन् । त्यहाँ पुगेपछि रकम माग गर्दै खत्ताबले राठीलाई बन्धक बनाएको र १५ लाख रुपैँयाको चेक दिएपछि मुक्त गरिदिएको आरोप राठीले लगाएका छन् । राठीले खुट्टामा जिआई तारले बाँधेर रकम माग गरेकोले दिन बाध्य भएको भन्दै आएका छन् ।

राठीले १४ गते भएको घटनामा मङसिर १७ गते जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका हुन् । जाहेरी परेपछि खत्ताबले प्रहरीसँग यस विषयमा कुराकानी गरेको बुझिएको छ । त्यस क्रममा मिडियामा राठीले सांसद हुन बजाएको विज्ञापन र उनका उत्पादनको विज्ञापन वापतको रकम असुलेको दावी गरेको बुझिएको छ । प्रहरीले उनलाई अझैसम्म पक्राउ गर्न सकेको छैन । राठीका पक्षमा उद्योगी व्यवसायीहरुको संस्था मोरङ व्यापार सङ्घ र उद्योग सङ्गठन मोरङले छानविन हुनुपर्ने भन्दै प्रसाशनसँग सहयोग मागेको छ । घटनाको निष्पक्ष छानबिन गरेर दोषीलाई कडा कारबाही गर्न माग गर्दै प्रहरी र प्रमुख जिल्ला अधिकारीसम्म उनीहरु पुगेका हुन् ।

यता आरोप लागेपछि सम्पर्कमा नभएका सहन्साहले आफूलाई राठीले फसाउन मात्रै अनावश्यक हल्ला चलाएको बताउँदै आएका छन् । उनले कानुनी प्रक्रियाको सामना गर्ने बताउँदै आएका छन् । तर, मोरङ प्रहरीले व्यवसायी राठीले आइतबार अपहरण तथा शरीर बन्धकको जाहेरी दिएपछि सोमबार मोरङ जिल्ला अदालतबाट सहन्साहविरुद्ध पक्राउ पुर्जी लिइसकेको छ । उनी अहिलेसम्म प्रहरीको सम्पर्कमा पुगेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्