विराटनगर । विराटनगरमा अन्तर्राष्ट्रिय मर्यादित महिनावारीको अवसरमा सुरक्षीत महिनाबारी व्यवस्थापन सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ ।
राष्ट्रिय किशोरी संजालको सहकार्य,विराटनगर-१९ वडा कार्यालय र एस संकल्प नेपालको सहयोग, नगर बाल क्लब संजाल विराटनगरको आयोजनामा विराटनगर १९ स्थित सार्वजनिक माविमा सुरक्षीत महिनाबारी व्यवस्थापन सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा विद्यालयका छात्राहरुलाई महिनावरी हुँदा सरसफाई र हेरचाह गर्ने तथा सेनेटरी प्याडको सही ढंगले प्रयोग गर्ने तरिका सिकाइएको थियो ।
महिनावरी सम्बन्धी कतिपय गलत धारणा रहेकाले त्यसलाई परिर्वतन ल्याउन महिनावरी सचेतना कार्यक्रम गरे नगर बाल क्लब संजाल विराटनगरको अध्यक्ष गौतम मण्डलले बताए । साथै बाल विवाह सम्बन्धी सडक नाटक समेत देखाइएको अध्यक्ष मण्डलले जानकारी दिए।
विद्यालयका छात्राहरुको सहजताका लागि ३० वटा किशोरी किट समेत हस्तान्तरण गरेको छ ।
उक्त सचेतना कार्यक्रममा विद्यालयका एक सय छात्राहरुको उपस्थिति रहेको थियो।