नेदरल्याण्ड्सका प्रशिक्षकद्वारा पदत्यागको घोषणा

<span class='c1'>नेदरल्याण्ड्सका प्रशिक्षकद्वारा</span> <span class='c2'>पदत्यागको घोषणा</span>

नेदरल्याण्ड्सका प्रशिक्षक लुइस भान गालले आफ्नो टोली विश्वकपबाट बाहिरिएपछि पद त्याग गरेको घोषणा गरेका छन् । तेस्रो पटक राष्ट्रिय टोलीको जिम्मेवारी सम्हालेपछि डच फुटबलका लागि लोभलाग्दोे विरासत छोडेको उल्लेख गर्दै उनले आफ्ना खेलाडीप्रति गर्व गरेका छन् ।

अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा) विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत शुक्रबार साँझ अर्जेन्टिनासँग भएको क्वार्टर फाइनल खेलमा नेदरल्याण्ड्स पराजित भएपछि प्रशिक्षक गालले पदत्यागको घोषणा गरेका हुन् ।

अर्जेन्टिनासँगको रोमञ्चक एवम् तनावपूर्ण स्पर्धामा दुई–दुई गोलको बराबरी खेलेको नेदरल्याण्ड्स पेनाल्टी सुटआउटमा ४–३ गोलले पराजित भएको थियो ।

अर्जेन्टिनाका गोलरक्षक एमिलियानो मार्टिनेजले पेनाल्टी सुटआउटमा दुई गोल बचाएपछि नेदरल्याण्ड्स पाखा लागेको हो । अब उसको सेमीफाइनल खेल्ने सपना अधुरो भएको छ ।

नेदरल्याण्ड्सलाई पाखा लगाएको लियोन मेस्सीको अर्जेन्टिनी टोली अब क्रोएसियासँगको सेमीफाइनलमा आमनेसामन हुनेछ । प्रशिक्षक गालले आफ्ना खेलाडीले उत्कृष्ट प्रदर्शन गरेका तथा उनीहरूसँग आफूले गर्विला क्षण बिताएको बताएका छन् । रासस/सिन्ह्वा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्