विराटनगरको शिक्षादीप कलेजद्वारा उत्कृष्ट हुने विद्यार्थीलाई पुरस्कृत

<span class='c1'>विराटनगरको शिक्षादीप कलेजद्वारा उत्कृष्ट</span> <span class='c2'>हुने विद्यार्थीलाई पुरस्कृत</span>

विराटनगर । विराटनगर ९ स्थित शिक्षादीप कलेजले प्रथम त्रैमासिक परीक्षामा उत्कृष्ट अंक ल्याउने व्यवस्थापन संकायका विद्यार्थीलाई पुरस्कृत गरेको छ ।

कलेजले कक्षा ११ र १२ का विद्यार्थीहरुलाई आइतबार एक कार्यक्रमबीच पुरस्कृत गरेको हो ।

कलेजले संचालन गरेको परिक्षाहरुमा उत्कृष्ट अंक ल्याउने छात्र छात्राहरुलाई आकर्षक छात्रवृति प्रदान गर्नुका साथै नगद पुरस्कार प्रदान गर्ने गरेको जानकारी कलेजका व्यवस्थापन संकायक को-अर्डिनेटर शंकर भट्टराईले बताए ।

यसैबीच कक्षा ११ र १२ मा प्रथम, दोस्रो र तृतीय हुने सन्दिप चौधरी, नितेश यादव, रुची चौधरी, सौगात क्षेत्री, रोसन कुमार सहनी, समिक्षा न्यौपाने, श्रियन्सा दाहाल खत्री र सुमन आचार्यलगायतका विद्यार्थीहरुलाई कलेजका प्रिन्सिपल ज्ञानवहादुर खड्का, को-अर्डिनेटर भट्टराई र निर्देशक टेकेन्द्र बस्नेतले पुरस्कृत गरेका थिए ।

यसैविच कलेजले आयोजना गरेको वक्तृत्वकला प्रतियोगिता प्रथम, द्वितिय, तृतीय र शान्तवना स्थान हासिल गर्ने क्रमशः ललिता साह, प्रज्जवल कडरिया, अञ्जु मण्डल र इशा कार्कीलाई पनि पुरस्कृत गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्