सप्तरीको मदिरा पसलमा आगलागी

<span class='c1'>सप्तरीको मदिरा</span> <span class='c2'>पसलमा आगलागी</span>

सप्तरी । सप्तरीको डाक्नेश्वरी नगरपालिका–७ अमरलत्तीचौकमा आज साँझ आगलागी भएको छ ।

ऊँशान्ति ट्रेडर्स मदिरा पसलमा विद्युत्को तार सर्ट भई पसलमा आगो लागेको पसल सञ्चालक मुकेशकुमार साहले बताउनुभयो । पसलमा आगो लाग्दा करिब रु ८० लाख बराबरको क्षति भएको साहले बताउनुभयो ।

साहका अनुसार चारवटा रेफ्रिजेरेटर फ्रिज, दुई थान मोबाइल, दुई थान ल्यापटप, एउटा टेलिभिजन, ग्यास चुलो, कुलर, पङ्खा, हिटर, फर्निचर, नगद रु १० लाखका साथै रु ३५ लाख बराबरको मदिरा जलेर नष्ट भएको छ ।

राजविराज नगरपालिकाबाट गएको वारुणयन्त्र, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

आगोलाई नियन्त्रणमा लिन दुई घण्टा लागेकाले पसल भित्रको सबै समान खरानी भएको पसल सञ्चालकका दाजु अनिलकुमार साहले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्