मोरङका निजी विद्यालयलाई निर्देशिका विपरीत शूल्क नलिन चेतावनी

<span class='c1'>मोरङका निजी विद्यालयलाई निर्देशिका</span> <span class='c2'>विपरीत शूल्क नलिन चेतावनी</span>

विराटनगर बैशाख ७ . मोरंगका निजी विद्यालयले संस्थागत विद्यालय शुल्क निर्धारण मापदण्ड निर्देशिका २०७२ विपरीत शूल्क लिन थालेपछि जिल्ला शिक्षा कार्यालय मोरङले कारवाही गर्ने चेतावनी दिएको छ ।   जिल्ला शिक्षा कार्यालय मोरङका अनुसार निर्देशिकामा भएको व्यवस्था अनुसार शूल्क प्रस्ताव गरेर मात्र गरेर विद्यार्थीसँग शुल्क लिन पाइने प्रावधान छ ।

सरकारले हालै जारी गरेको निर्देशिकामा अभिभावको दुई तिहाइ सहमतिमा शुल्क लिन पाइने व्यवस्था छ । मोरङ जिल्लामा करिब ३ सय ४४ वटा निजी विद्यालयहरु छन् । उनीहरुले निर्देशिकालाई पालना नगरेको अभिभावकहरुको गुनासो रहेको छ । जिल्ला शिक्षा अधिकारी देवेन्द्रराज खनालले निर्देशिका विपरीत शूल्क उठाएमा नियामवली अनुसार कारवाही हुने बताए ।   यसैबीच निजी विद्यालयहरुले लिएको शुल्को विषयलाई लिएर मोरङका विभिन्न दशवटा विद्यार्थी संगठनहरुले सोमबार जिल्ला शिक्षा कार्यालय मोरङमा ज्ञापन पत्र बुझाएका छन् ।  शैक्षिक सत्र शुरु भएपनि  निजी विद्यालयहरुले निर्देशिका विपरीत भर्ना शुरु गरेको भन्दै उनिहरुले निर्देशिका पालना गर्न शिक्षा कार्यालयले काम गर्नुपर्ने बताएका छन् ।

विद्यार्थी संगठनहरुले मंगलबार १ बजेको अल्टिमेटम दिँदै निर्देशिका कार्यन्वयन गराउन शिक्षा कार्यलयले पहल नगरे आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्