धिमालहरुकाे अास्थाकाे केन्द्रमा स्थानिय निकायद्वारा हस्तक्षेप भएकाे अाराेप

<span class='c1'>धिमालहरुकाे अास्थाकाे केन्द्रमा स्थानिय निकायद्वारा</span> <span class='c2'>हस्तक्षेप भएकाे  अाराेप</span>

 

विजय धिमाल/लेटाङ

सिंगो धिमाल जातिको आस्था र पहिचानलाई नै समाप्त गर्ने गरी प्रस्ताब गरीएको नामाकरण 'राजारानी पर्यटकीय क्षेत्र तथा अन्तर धार्मिक शान्ति पार्क' कुनै हालतमा स्वीकार गर्ने नसकिने धिमाल जातिय विकास केन्द्रले जनाएकाे छ । केन्द्रले अाज प्रेस विज्ञप्ति सार्वजनिक गर्दै धिमाल जातिलाई बिना जानकारी, बिना छलफल लेटाङ भोगटेनी नगरपालिकाले एकलौटी ढंगबाट आफु खुसि धिमालहरुकाे अास्थाकाे केन्द्रलाई समाप्त गर्ने गरि गरिएकाे कार्य प्रति अापत्ति जनाएकाे हाे । केन्द्रका महासचिव केदार धिमाल द्वारा हस्ताक्षरित विज्ञप्तिमा यस्ता कार्य तुरुन्त रोक्न अनुरोध गर्दै यस्ता कार्य नरोकिए कडा संघर्षको कार्यक्रम ल्याउन बाध्य हुने बताईएकाे छ । २०५९ साल बैशाख २ गतेदेखि निरन्तर रुपमा साे स्थानमा धिमालहरुले जात्री तथा सिरिजात लाउदै आएका छन् । यही कारण यहाँका बाटो लगायत अन्य धेरै भौतिक संरचनाहरु परिवर्तन गरियो । सिमसारको अवधारण ल्याइयो । धिमालको ग्रामथान आसपास जात्री लाग्ने गर्दथियाे । सिमसारको कारण जात्री मगर गाउँमा सारियो । हामीले सबै मान्दा मान्दै आज त हाम्रो पहिचान, अस्तित्व र ऐतिहासिक भुमि नै खतरा पारिदै छ, विज्ञप्तिमा उल्लेख गरिएकाे छ । लेटाङभोगटेनी नगरपालीकाले २०७३ बैशाख ५ गते आइतबारको दिन शान्ति तथा पुन निर्माण मन्त्री एकराज ढकालकाे प्रमुख आतिथ्यमा सम्पन्न गरिएको कार्यक्रममा कार्यकारी अधिकृत युवराज आचार्यले प्रस्तुत गरेकाे कार्य-पत्रमा साे स्थानकाे नामाकरण 'राजारानी पर्यटकीय क्षेत्र तथा अन्तर धार्मिक शान्ति पार्क' उल्लेख गरिए पछि धिमाल समुदाय असन्तुष्ट बनेकाे हाे । धिमाल जातिकाे सामाजिक संगठन धिमाल जातिय विकास केन्द्रकाे अाकस्मिक सचिवालय बैठकले साे कार्यलाई राज्यले विगतदेखि नै अादिवासीहरुलाई गर्दै अाएकाे विभेदकाे निरन्तरताकाे रुपमा लिएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्