काठमाडौं । कजारमा जारी फिफा विश्वकप फुटबलको उपाधिका लागि आज अर्जेन्टिना र फ्रान्स भिड्दै छन् ।
खेल कतारको लुसेल मैदानमा नेपाली समय अनुसार आज राति पौने ९ बजे सुरु हुनेछ ।
अर्जेन्टिना पहिलो सेमिफाइनलमा क्रोएसियालाई ३–० गोलले र फ्रान्स दोस्रो सेमिफाइनलमा मोरक्कोलाई २–० गोलले पराजित गरी फाइनलमा प्रवेश गरेको हो । यी दुई देश पहिलो पटक विश्व कपको फाइनलमा खेल्न लागेका हुन् । सन् २०१८ विश्वकपको फ्रान्स साविक विजेता टोली पनि हो ।
त्यस्तै, विश्वकपमा ८ वर्षपछि फाइनल पुगेको अर्जेन्टिना सन् १९८६ पछि विश्वकपको उपाधि हात पर्ने दाउमा छ । अर्जेन्टिनाका कप्तान ३५ वर्षका लिओनल मेस्सीका लागि भने यो अन्तिम विश्वकप हो । उनकै नेतृत्वमा अर्जेन्टिनाले गएको वर्ष कोपा अमेरिकाको उपाधि समेत जितेको थियो ।
अर्जेन्टिनाले सन् १९७८ र १९८६ मा तथा फ्रान्सले सन् २०१८ र १९९८ मा विश्वकपको उपाधि हातपारि सकेका छन् । यसपालि जितेमा फ्रान्सले लगातार दोस्रो पटक जितेर उपाधि नै रक्षा गर्नेछ । साथै लगातार उपाधि जित्ने दोस्रो देश पनि बन्नेछ ।
विश्वकप इतिहासमा ब्राजिलले सन् १९५८ र सन् १९६२ मा उपाधि जितेको रेकर्ड छ ।
गएराति कतारको खलिफा मैदानमा भएको खेलमा मोरक्कोलाई २–१ गोलले हराउँदै क्रोएसिया तेस्रो भएको छ ।