धनकुटा । धनकुटा नगरपालिका-४ देब्रेबासमा आइतबार आगलागी हुदा आगो निभाउने क्रममा दुई जना घाइते भएका छन् ।
देब्रोबासका लीलाबहादुर आचार्यको दुई तले घरमा बिहान १० बजे भान्साकोठाबाट खाना पकाउने ग्यास चुहावट भएर आगलागी भएको प्रहरीले जनाएको छ । आगो निभाउने क्रममा घरधनी लीला र उनकी श्रीमती कमला आचार्य घाइते भएका छन्। घाइतेको जिल्ला अस्पतालमा उपचार भइहेको र दुवैको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।
आगलागीबाट ६ लाख ३० हजार रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ । आगलागीबाट घरसँगै रहेको कुखुरा फार्मका २ सय वटा कुखुराका चल्ला समेत मरेका छन् ।
स्थानीयबासिन्दा, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाको सहयोगमा आगो नियन्त्रण गरिएको धनकुटा प्रहरी जनाएको छ ।