झापामा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु

<span class='c1'>झापामा सवारी दुर्घटना हुँदा</span> <span class='c2'>१ जनाको मृत्यु</span>

झापा । झापाको मेचीनगर नगरपालिका-१३ स्थितमा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।

आइतबार राती साढे ८ बजे ना. ८ ख ३३३६ नम्बरको ट्रकले मे. ७ प १७२७ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाईकलको पछाडि सवार रहेकि रोङ गाउपालिका-६ इलामकि २३ बर्षीया उषा राई घाईते भएकी थिइन् । उनको उपचारको क्रममा बि एण्ड सि अस्पताल बिर्तामोडमा मृत्यु भएको हो ।

ठक्कर दिने ट्रक र चालक पाँचथर मिक्लाजुङका सुन्दरराज आङदाम्बेलाई इलाका प्रहरी कार्यालय धुलाबारीले नियन्त्रणमा लिएको छ।

घटना बारेमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्