काठमाडौँ । कांग्रेस संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवविरुद्ध महामन्त्री गगन थापा लड्ने भएका छन् ।
भावी प्रधानमन्त्रीमा थापालाई शेखर कोइरालाले प्रस्ताव गर्ने भएका हुन् ।
काठमाडौंको एक होटलमा मंगलाबार बसेको बैठकले गगनलाई दलका नेताका रूपमा अगाडि बढाउने सहमति गरेको हो । कोइरालाले पनि यसअघि दाबी गर्दै आएका थिए । इतरसमूहमा लामाे प्रयासपछि थापाकाे नाममा सहमति जुटेकाे हाे ।
इतर समूहले अहिले आफ्नो पक्षका सांसदहरूसँग सामूहिक छलफल गर्दै छ ।
कांग्रेस दलको निर्वाचनका लागि आज दिउँसो २ देखि ३ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको छ । बुधबार निर्वाचन हुनेछ । संस्थापन पक्षबाट देउवाले नै आकांक्षा उम्मेदवार हुनेछन् ।
कांग्रेसमा संसदीय दलको नेता नै प्रधानमन्त्रीको उम्मेदवार हुने भएकाले संसदीय दलको नेताको निर्वाचन महत्वपूर्ण मानिन्छ । कांग्रेसको विधानको दफा ४० मा संसदीय दलसम्बन्धी व्यवस्था छ । उपदफा (२) मा संसदीय दलमा प्रतिनिधिसभाका सदस्यले आफूमध्येबाट संसदीय दलको नेताको निर्वाचन गर्ने उल्लेख छ ।
फोटो:फाइल