दुव्र्यवहारको आरोप लागेका माओवादी नेता निलम्बित

<span class='c1'>दुव्र्यवहारको आरोप लागेका</span> <span class='c2'>माओवादी नेता निलम्बित</span>

काठमाडौँ । पार्टीको भातृ सङ्गठनको एक महिलालाई दुव्र्यवहार गरेको आरोप लागेका नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य बद्री बजगाईं निलम्बित भएका छन् ।

अनेरास्ववियू (क्रान्तिकारी) का महिला कार्यकर्ताको निवेदन र सामाजिक सञ्जालबाट पठाइएका अश्लिल ‘म्यासेज’को प्रतिलिपिसहित बागमती प्रदेश कार्यालयको सिफारिशका आधारमा उनलाई केन्द्रीय समितिबाट निलम्बन गरिएको माओवादीले जनाएको छ ।

सो सम्बन्धमा सत्य–तथ्य बुझी आवश्यक छानबिन गरी लिखित प्रतिवेदन १० दिनभित्र पेश गर्ने जिम्मेवारी अनुशासन आयोगलाई दिइएको अध्यक्ष पुष्पकलम दाहाल ‘प्रचण्ड’द्वारा जारी सर्कुलरमा उल्लेख छ ।

माओवादीले गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको समीक्षा सबै पालिका समिति, जिल्ला समन्वय समिति र प्रदेश समितिस्तरमा सम्पन्न गरी यही पुस मसान्तसम्म सबै प्रदेशको लिखित प्रतिवेदन केन्द्रीय कार्यालयमा पठाउन प्रदेश समितिलाई निर्देशन दिएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्