नवनियुक्त प्रदेश १ का सांसदहरुको शपथ पुष ११ गते

<span class='c1'>नवनियुक्त प्रदेश १ का सांसदहरुको</span> <span class='c2'>शपथ पुष ११ गते</span>

विराटनगर । प्रदेश १ मा नवनियुक्त प्रदेश सांसदहरुको सपथग्रहणका लागि आवहान गरिएको छ ।

प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले सोमबार एक सूचना जारी गरी नवनियुक्त सांसदहरुलाई पुस ११ गते सपथ ग्रहणकालागि आवहान गरिएको हो ।
सपथग्रहण प्रदेशसभा सचिवालय प्रदेश १ विराटनगरमा साढे १ बजे हुने सचिवालयले जनाएको छ ।

शपथग्रहण कार्यक्रममा निर्वाचन आयोगबाट प्राप्त प्रदेशसभा सदस्यको प्रमाणपत्र, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपी एवं हालसालैको पासपोर्ट साइजको फोटो दुईप्रति सहित दुई घण्टा अगावै राष्ट्रिय पोशाक वा आ-आफ्नो सांस्कृतिक पहिचान झल्कने पोशाकमा उपस्थितिको लागि सम्पूणर् माननीय सदस्यहरुलाई अनुरोध गर्दछु,’ प्रदेशसभा सचिवालयबाट जारी गरेको सूचनामा उल्लेख छ ।

प्रदेशसभामा सपथ ग्रहणका लगि आफ्नो मातृभाषामा अनुवाद गरी सपथ ग्रहण गरिने व्यवस्था रहेको जारी सूचनामा जनाएको छ । ‘प्रदेशसभाका कुनै सदस्यले आफ्नो मातृमाषामा शपथ लिन चाहेमा त्यस्तो सदस्यले शपथको व्यहोरो आफ्नो मातृमाषामा अनुवाद गरी सो अनुवादको प्रतिसहित प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ को उपदफा (२) तथा प्रदेशसभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन, २०७५ को दफा १९ बमोजिम तीन दिन अगावै प्रदेशसभा सचिवालयमा उपलब्ध गराउन हुन समेत यो सूचना प्रकाशित गरिएको छ ।’
नेपालको संविधानको धारा १७९ बमोजिम प्रदेशसभा सदस्यले प्रदेशसभा वा त्यसको कुनै समितिको बैठकमा पहिलो पटक भाग लिनु अघि प्रदेश कानून बमोजिम शपथ लिनुपर्ने व्यवस्था छ ।

जेष्ठ सदस्यले गराउने छ सपथ

नवनिर्वाचित संसदहरुलाई प्रदेश १ मा नेपाली कांग्रेसका गयानन्द मण्डलले शपथ गराउने छन् । नेपालको संविधानको धारा १८२ को उपधारा (५), प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ र प्रदेशसभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन २०७५ को दफा १९ बमोजिम जेष्ठ सदस्यले नवनियुक्त सांसदहरुलाई सपथ गराउने व्यवस्था रहेको छ । सोही अनुसार मण्डलले पनि सोही दिन साढे १२ बजे प्रदेशप्रमुख पर्शुराम खापुङ समक्ष सपथ ग्रहण गनेछन् । उनी ५६ जना प्रत्यक्ष निर्वाचित सांसद र ३७ जना समानुपातिकबाट निर्वाचित सांसद मध्ये जेष्ठ सदस्य हुन् । जेष्ठ सदस्यले पहिले प्रदेश प्रमुखबाट सपथ ग्रहण गर्ने र अन्य प्रदेश सभा सदस्यलाई शपथ गराउने संवैधानिक व्यवस्था छ ।

निर्वाचन आयोगमा उम्मेदवारहरूले बुझाएको विवरणअनुसार मण्डल ७९ वर्षका हुन् । आयोगमा बुझाएको विवरणमा उनी सबैभन्दा जेष्ठ सदस्य निर्वाचित भएको देखिएको छ । मण्डलले प्रदेश सभा सदस्यहरूलाई शपथ गराउनुका साथै सभामुख चयन नहुँदासम्म प्रतिनिधि सभा बैठकको नेतृत्व गर्ने अवसरसमेत प्राप्त गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्