सिरहाको गोलबजारमा प्रहरीको सकृयतामा नगर सरसफाई

<span class='c1'>सिरहाको गोलबजारमा प्रहरीको</span> <span class='c2'>सकृयतामा नगर सरसफाई</span>

सिरहा, बैशाख ८

सिरहाको गोलबजारमा प्रहरीको सकृयतामा नगर सर-सफाई गरिएको छ।
नगर सर-सफाई अभियान अन्तरगत आज बिहान ७ बजे प्रहरी र स्थानीय सरोकारवालाहरु मिलेर गोलबजार नगरपालिकाको वडा नम्बर ४ र ६ का बिभिन्न स्थानहरुमा सर-सफाई गरेका हुन्।

सर-सफाई कार्यक्रममा स्थानीय नेपाल प्रहरी, सशस्त्र प्रहरी, नगरपालिकाका कर्मचारी, बिभिन्न राजनैतिक दल, नागरिक समाजका प्रतिनिधी तथा स्थानीयवासीसहित अन्दाजी ७० जना सहभागी भएको थियो।

गोलबजार नगर क्षेत्रलाई स्वच्छ र सफा राख्ने प्रहरीको अभिप्रायसहित इलाका प्रहरी कार्यालय गोलबजारले स्थानीय सरोकारवालाहरुको सहकार्यमा प्रहरीले सात हप्ता अघि नगर सरसफाई अभियानको थालनी गरेको इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक सन्तोष निरौलाले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्