प्रतिनिधिसभाका ज्येष्ठ सदस्य जबराद्वारा पदबहाली

<span class='c1'>प्रतिनिधिसभाका ज्येष्ठ सदस्य</span> <span class='c2'>जबराद्वारा पदबहाली</span>

काठमाडौँ । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले आज सिंहदरबारस्थित संसद् सचिवालयमा गई पदबहाली गर्नुभएको छ ।

ज्येष्ठ सदस्य राणाले बिहीबार प्रतिनिधिसभामा नवनिर्वाचित सांसदलाई शपथ ग्रहण गराउनुहुने कार्यक्रम छ । पदबहालीपछि सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै उहाँले देशको भलोका लागि सन्तुलित रुपमा निष्पक्ष भएर काम गर्ने बताउनुभयो ।

बहुदलीय प्रजातान्त्रिक संसदीय शासन व्यवस्थालाई अघि बढाउन अभिभावकका रुपमा भूमिका निर्वाह गर्न लागिपर्ने ज्येष्ठ सदस्य राणाले जानकारी गराउनुभयो । उहाँले आजै शीतल निवासस्थित राष्ट्रपति कार्यालय पुगेर शपथ ग्रहण गर्नुभएको थियो ।

प्रतिनिधिसभा बैठक सुरु भएर सभामुखको निर्वाचन नभएसम्म उहाँले सभाको कारबाही अघि बढाउनुहुने छ । सभामुखको निर्वाचन भएपछि ज्येष्ठ सदस्यको अवधि समाप्त हुनेछ । ज्येष्ठ सदस्य राणाले बिहीबार अपराह्न १२ ः ५ बजे कार्य व्यवस्था परामर्श समितिको बैठक बोलाउन महासचिव भरत गौतमले तयार पार्नुभएको प्रस्तावमा स्वीकृति दिएर आजैदेखि कार्य आरम्भ गर्नुभएको छ । ---

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्