मृगौला पिडितलाई ५५ हजार सहयोग

<span class='c1'>मृगौला पिडितलाई ५५</span> <span class='c2'>हजार सहयोग</span>

विराटनगर, ९ वैशाख
मोरङको पथरीशनिश्चरे – १ का २५ वर्षिय मृगौला पीडित सुखमाया लिम्बुलाई ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गरेको छ।

इटहरी – २४ तरहराका स्वर्गीय भएका कमला लिम्बुको स्मृतीमा उनका परीवारले मृगौला पीडित लिम्बुलाई विराटनगरमा आज बिहीबार सहयोग रकम पीडितको आफन्तलाई प्रादान गरेको हो ।

सहयोग रकम स्वर्गीय भएकाको श्रीमान किशोर कुमार लिम्बुले मृगौला पीडितकी बहिनी माया लिम्बुलाई नोवेल अस्पतालका अध्यक्ष लोकनाथ न्यौपाने, प्रसाशान अधिकृत नारयण दाहालको रोहबरमा हस्तान्तरण गरीएको थियो । वैशाख १ गते लिम्बुको मृत्यु भएको थियो । लिम्बु जातिमा मरेपछि मलागी गएकाहरुले पैसा चढाउने परम्परागत हुन्छ । त्यही मलामीले चढाएको पैसा र परीवारले केही थप गरी मृगौला पीडित भएका सुखमायालाई सहयोग गरेका थिए ।

लामो समयदेखी मृगौला पीडित भएका लिम्बुको उपचार अहिले नोबेल अस्पतालमा उपचार भइरहेको छ । ८ देखी ९ लाख रुपैयाँ सम्म उपचार खर्च लाग्ने अस्पतालले जनाएको छ । आर्थिक अवस्था न्युन रहेको लिम्बु चैत २४ गते अस्पताल भर्ना भएका थिए । उनले सहयोगको अपिल गरेपछि विभिन्न संघसंस्थाले सहयोग गर्दै आएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्