धरानबाट १२ जना जुवाडे पक्राउ

<span class='c1'>धरानबाट १२ जना</span> <span class='c2'>जुवाडे पक्राउ</span>

सुनसरी, बैशाख १०

प्रहरीले सुनसरीको धरानस्थित एक घरबाट बिहिबार १२ जना जुवाडेलाई नियन्त्रणमा लिएको छ।

पक्राउ पर्नेमा धरान १३ का शिव कटवाल, आविश्वर लिम्बु, धरान १५ का टेक बहादुर लिम्बु, बिनोद बस्नेत, किरण कुमार राई, हर्क बहादुर तामाङ, सुक बहादुर लिम्बु, धरान ८ का मनोज लिम्बु, राज कुमार राई, धरान १६ का ज्ञान बहादुर बस्नेत, रुप जङग लिम्बु र धरान १० का समसेर बर्देवा रहेका छन्।

उनीहरुलाई इलाका प्रहरी कार्यालय धरानबाट खटिएको टोलीले सांझ साढे पाँच बजे धरान ७ स्थित कुश बहादुर तामाङको घरमा तास खेल्दै गरेको अवस्थामा पक्राउ गरेको हो।

जुवाको खालबाट ६ बुक तास र नगद एक लाख चालिस हजार दुई सय एक्काईस रुपैया बरामद भएको छ। पक्राउ परेका व्यक्तिहरुलाई इलाका प्रहरी कार्यालय धरानबाट आवश्यक अनुसन्धान भइरहेको उक्त कार्यालयले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्