उन्नाइस किलो अर्धठोस सुनसहित सुडानी नागरिक पक्राउ

<span class='c1'>उन्नाइस किलो अर्धठोस सुनसहित</span> <span class='c2'>सुडानी नागरिक पक्राउ</span>

काठमाडौँ । काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको टोलीले आज १९ किलो अर्धठोस अवस्थाको सुनसहित एक सुडानी नागरिकलाई पक्राउ गरेको छ ।

आज अपराह्न ३ बजेको समयमा फ्लाई दुबइमार्फत नेपाल आएका सुडानी नागरिक २७ वर्षीय मोहम्मद अहमद डफल्ला सराफेल्डिन सुनसहित पक्राउ परेका भन्सार कार्यालयका प्रवक्ता यमराज पाण्डेले राससलाई जानकारी दिनुभयो । भन्सार कार्यालयमा जाँचका क्रममा उनले सुन ल्याएको फेला परेपछि उक्त सुन बरामद गरिएको हो ।

“उसको गतिविधि शङ्कास्पद देखियो अनि कार्यालयका कर्मचारीले जाँच गर्दा उनले अर्धठोस अवस्थाको सुन ल्याएको फेला प¥यो”, पाण्डेले भन्नुभयो, “थप विषयहरु अनुसन्धानका क्रममा रहेको छ ।”

सुन १० वटा प्याकेटमा अर्धठोस अवस्थामा रहेको र उनले पनि सुन ल्याएको स्वीकार गरेको पनि पाण्डेले बताउनुभयो । उनी पहिलो पटक नेपालमा भ्रमण भिसामा आएका व्यक्ति हुन् । घटनाको विषयमा थप अनुसन्धान भइरहेको भन्सार कार्यालयले जनाएको छ ।

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्