राजनितिक दलले महिलालाई अझै बोलाउँदैनन्

<span class='c1'>राजनितिक दलले महिलालाई</span> <span class='c2'>अझै बोलाउँदैनन्</span>

सुमन सुस्केरा
विराटनगर, बैशाख १०
सुनसरीको सिमरिया गाबिसका महिलाहरुले राजनीतिक दलहरुले अझै पनि महिलालाई सहभागि नगराउने गरेको आरोप लगाएका छन् । राजनीतिक दल एवम सामाजिक संघ संस्थालाई महिला मैत्री निति, कार्यक्रम र कार्ययोजना निर्माण गर्न १ दिने कार्यशाला गोष्ठीमा उनीहरुले सामाजिक संघ संस्थामा महिलाहरुको संख्या बढ्दै गएको भएपनि दलिय रुपमा त्यो क्रम नदेखिएको बताएका हुन ।

सहभागिले अहिले राजनीतीको गलत प्रचार भएको बताएका थिए । राजनिति दल गलत नभएका पनि त्यस भित्र काम गर्ने ब्इक्ती गलत भएका कारण अहिले दलहरुको बदनाम हुँदै गएको उनीहरुको भनाई छ । जागरण नेपालले महिलाको समावेशी सहभागिताका लागि क्षमता विकास कार्यक्रम अन्तरगत महिलालाई राजनितीमा उनीहरुको चासो र उनीहरुको सहभागिताको बारेमा छलफल गराएको हो । सिमरिया गाबिस भवनमा आयोजित कार्यक्रम सहभागि गाउँ कमिटिका अभ्यक्ष, सामाजिक संघ संस्था, महिला समुह, अगुवा महिलाहरु गरि करिब ३५ जनाको सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण गर्दै अधिवक्ता जगत थापा र प्रतिक्षा बस्नेतले संबिधान जारी पछि महिलालाई सहभागिता मुलक रुपमा उपस्थीती बढाउँदै गएको पाईएको जानकारी दिनुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्