विराटनगर । विराटनगर ट्रक व्यवसायी संघको अध्यक्षमा लोकनाथ पोखरेल निर्विरोध निर्वाचित भएका छन् ।
संघको ३१ औं वार्षिक साधरण सभा तथा १६ औं अधिवेशनबाट पोखरेल अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् ।
समितिको उपाध्यक्षमा संजीव सिग्देल, महासचिबमा रमेश श्रेष्ष्ठ, सचिबमा दिपक जोशी र कोषाध्यक्षमा अशोक पोद्दार रहेका छन् ।
समितिको अन्य सदस्यहरुमा दिलिप कुमार धाडेवा, युवराज श्रेष्ठ, दिनेश सिग्देल, खगेन्द्र सिग्देल, विरबहादुर गिरी, सुशिल कुमार जोशी र रामचन्द्र दाहाल रहेका छन् ।
नवनिर्वाचित पदाधिकारी र सदस्यहरूकोे पदस्थापन शनिबार राखिएको थियो ।