काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले काम छाडेर अनावश्यक रुपमा सभा गोष्ठीमा नजान कर्मचारीहरुलाई निर्देशन दिनुभएको छ ।
मंगलबार सचिवहरुलाई निर्देशन दिँदै प्रधानमन्त्री प्रचण्डले सहभागी नभई नहुने मन्त्रालयको प्राथमिकताको कार्यक्रममा पनि एक जना मात्र सहभागी हुन निर्देशन दिनु भएको हो ।
उहाँले भन्नु भएको छ , मन्त्रालयको आधिकारिक धारणा लिएर जाने र फर्किएपछि प्रतिवेदन लिने-दिने व्यवस्था मिलाउनु होला ।’
फोटो:फाइल