रोल्पा (२) का स्वतन्त्र प्रदेशसभा सदस्य माओवादी केन्द्रमा फर्किए

<span class='c1'>रोल्पा (२) का स्वतन्त्र प्रदेशसभा</span> <span class='c2'>सदस्य माओवादी केन्द्रमा फर्किए</span>

काठमाडौँ । रोल्पा प्रदेशसभा (२) बाट निर्वाचित स्वतन्त्र प्रदेशसभा सदस्य दीपेन्द्रकुमार पुन मगर नेकपा (माओवादी केन्द्र)मा फर्किनुभएको छ ।

गत मङ्सिर ४ गते सम्पन्न निर्वाचनमा उहाँ माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य र रोल्पा जिल्ला इन्चार्जबाट राजीनामा दिएर प्रदेशको उम्मेदवार बन्नुभएको थियो ।

उहाँ लुम्बिनी प्रदेशसभामा भारी मतले विजयी हुनुभएको थियो । मगरले पार्टी छाडेकामा आत्मआलोचित हुँदै पुनःमाओवादी केन्द्रमा रहेर काम गर्ने पत्र पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बुझाउनुभएको छ ।

पार्टी छाडेर निर्वाचनमा उम्मेदवार बनेपछि उहाँलाई माओवादीले निष्कासन गरेको थियो ।

मगरलाई आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र रोल्पाका प्रतिनिधिसभा सदस्य एवम् माओवादी नेता वर्षमान पुनले पार्टीमा स्वागत गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्