रोकी राखेको ट्याक्टरमा मोटरसाइकल ठक्कर खाँदा एकको मृत्यु

<span class='c1'>रोकी राखेको ट्याक्टरमा मोटरसाइकल</span> <span class='c2'>ठक्कर खाँदा एकको मृत्यु</span>

सप्तरी, बैशाख १५
पूर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको रायपुर ८ मा मंगलबार राती रोकी राखेको ट्याक्टरमा मोटरसाइकल ठक्कर खाँदा एकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
स १ त २६३४ नम्बरको रोकी राखेको ट्याक्टरमा पश्चिम जादै गरेको स ६ प ६९७४ नम्बरको मोटरसाइकल राती २०३० बजेतिर ठक्कर खाइ दुर्घटना भएको थियो ।
दुर्घटनामा मोटरसाइकलमा सवार संभुनाथ नागरपालिका ९ बस्ने ३२ बर्षिय अनन्दिया सरदारको सगरमाथा अञ्चल अस्पताल राजबिराजमा उपचारको क्रममा मृत्य भएको छ भने दुर्घटनाबाट तेर्‍हौता ६ बस्ने २८ बर्षिय सन्तोष चौधरी, ठाउँका ३५ बर्षिय असोक सरदारलाई सगरमाथा अञ्चल अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारको लागी विपी कोइराला स्वस्थ्य विज्ञान प्रतिष्ठान धरान ल्याइएको छ।
ट्याक्टर र मोसा इलाका प्रहरी कार्यालय रुपनिको नियन्त्रणमा राखिएकोछ भने ट्याक्टर चालक फरार रहेकाले खोजी भइरहेको उक्त कार्यालयले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्