धार्मिकस्थल द्वन्द्वमुक्त हुनुपर्नेमा चीनको जोड

<span class='c1'>धार्मिकस्थल द्वन्द्वमुक्त हुनुपर्नेमा</span> <span class='c2'>चीनको जोड</span>

चीनले संसारका सबै धार्मिकस्थल द्वन्द्वमुक्त हुनुपर्नेमा जोड दिएको छ । इजरायली रक्षामन्त्री इटामार बेनगवीरले पूर्वी जेरुसेलमको अलअक्सा मस्जिद परिसरको भ्रमण गरेपछि उत्पन्न तनावलाई लिएर चीनले धार्मिकस्थल विवादमुक्त हुनुपर्नेमा जोड दिएको हो ।

संयुक्त राष्ट्रसङ्घका लागि चीनका स्थायी प्रतिनिधि झाङ जुनले सुरक्षा परिषद्को बिहीबारको बैठकमा पवित्र स्थललाई लिएर इजरायल–प्यालेस्टाइन तनाव बढेकामा गहिरो चिन्ता व्यक्त गर्दै त्यसलाई रोक्ने प्रयासका निम्ति आह्वान गर्नुभयो । उहाँले तनाव बढ्न नदिन सम्बन्धित पक्षहरूलाई संयमित हुन आग्रह गर्नुभयो ।

“चीन पवित्रस्थलमा शान्ति कायम होस् भन्ने चाहन्छ र त्यसका लागि आह्वान गर्दछ । थप तनाव बढ्न नदिन सरोकारवाला पक्षलाई शान्त र संयमित रहन आग्रह गर्दछ,” परिस्थितिलाई बिगार्ने गतिविधि कुनै पक्षबाट हुनुनहुनेमा जोड दिँदै राजदूत झाङले भन्नुभयो । चीन अन्तर्राष्ट्रिय विधिको शासन कायम राख्न तथा जेरुसेलममा भएको अन्तर्राष्ट्रिय सहमतिको पालना गर्ने पक्षमा रहेकोा स्पष्ट गर्नुभयो ।

प्यालेस्टिनी क्षेत्रको जनसाङ्ख्यिक संरचना परिवर्तन गर्ने उद्देश्यले हुने सबै कामप्रति चीनको असहमति रहेको बताउँदै चिनियाँ स्थायी प्रतिनिधिले सन् १९६७ को सहमतिअनुसार पूर्ण सार्वभौम र स्वतन्त्र प्यालेस्टाइन राज्यको स्थापना हुनुपर्ने चीनको अभिमत प्रकट गर्नुभयो । अन्तर्राष्ट्रिय समुदायले तत्काल दुई राज्य समाधानको आधारमा प्यालेस्टाइन र इजरायलीबीचको शान्ति वार्तालाई यथाशीघ्र पुनः सुरु गर्नुपर्ने बताउँदै उहाँले प्यालेस्टाइनको शान्तिपूर्ण सहअस्तित्वलाई अस्वीकार गर्न नहुने उल्लेख गर्नुभयो । उहाँले त्यसनिम्ति अन्तर्राष्ट्रिय समुदायले रचनात्मक भूमिका निर्वाह गर्नुपर्ने दोहो¥याउनुभयो । रासस/सिन्ह्वा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्