बिराटनगरमा मिस्टर एण्ड मिस एसएलसीको पहिलो अडिसन सम्पन्न

<span class='c1'>बिराटनगरमा मिस्टर एण्ड मिस</span> <span class='c2'>एसएलसीको पहिलो अडिसन सम्पन्न</span>

विराटनगर, बैशाख १५
मिस्टर एण्ड मिस एसएलसी कोशी २०७३ को पहिलो अडिसन बुधबार विराटनगरमा सम्पन्न भएको छ । जय मिडिया म्यानिजमेन्ट प्रा. लि. को आयोजना भखरै एसएलसी परीक्षा दिएका विद्ययार्थीलाई लक्षित गरीे आयोजना गरीएको प्रतियोगिताको फाइनल जेठ १५ गते हुने प्रालिका निर्देशक जयराज रायले जानकारी दिए ।

मोफसलमा रहेका युवाहरुको व्यक्तित्व विकास गर्नुको साथै उनीहरुलाई पढाईप्रति लगाभ राख्ने उद्देश्यले प्रतियोगिता आयोजना गरेको प्रतियोगिताको दोस्रोे अडिसन आउँदो आईतबार विराटनगरमा नै हुने भएको छ । पहिलो अडिसनका निर्णायकहरुमा नेपाली काग्रेस विराटनगरका सभापति भीम पराजुली, जय मिडिया म्यानिजमेन्ट प्रा. लि. को निर्देशक जयराज राय, सिइओ स्वेक्षा खतिवडा, व्यवसायि युनेशराज श्रेष्ठ, दिवश सुवेदी रहेका थिए । पहिलो अडिसनमा झापा, सुनसरी र मोरङका गरी ३४ जनाको सहभागीता रहेको थियो । पहिलो र दोस्रो अडिसनबाट छनौट भएर फाइनलमा ३० जना छनौट हुने भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्