विराटनगर । नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीको शपथ सोमवार हुने भएको छ ।
सोमवार दिउँसो २ बजेका लागि शपथको समय तोकिएको प्रदेश प्रमुखको कार्यालयका सूचना अधिकारी राम कुमार श्रेष्ठले जानकारी दिए ।
कार्की आज (आइतबार) मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । एमाले, माओवादी केन्द्र, राप्रपा र जसपाका ६० सांसदको समर्थनमा आइतबार नै कार्कीले मुख्यमन्त्रीमा दाबी गरेका थिए । मुख्यमन्त्री कार्कीले सानो आकारका मन्त्री मण्डल पनि भोलीनै विस्तार गर्ने तयारी गर्ने बताएका छन् ।
एमाले, माओवादी, राप्रपा र जसपालाई पनि समेटेर मन्त्रीमण्डल विस्तार गर्ने सहमति भएको राप्रपा संसदीय दलका नेता भक्ति प्रसाद सिटौलाले बताए ।
राप्रपा पनि सरकारमा जाने तयारी
‘हामी सकारमा बसेर प्रदेश खारेजको माग राख्छौ पुष ११ गते सपथ ग्रहण पछि राप्रपाका संसदिय दलका नेता भक्ति सिटौलाले भनेका थिए । तर, पहिलो चरणमै सरकारमा जाने राप्रपाको तयारी भएको छ । उनले पहिलो चरणमै सरकारमा जाने सहमति भएको बताउने उनी आफूहरुको दलको तर्फबाट सरकारमा को जाने भन्ने आज रातिसम्ममा टुगो लगाउने बताए । तर, कुन मन्त्रालयमा जाने भन्ने टुगो नलागेको उनले बताए ।