प्रदेश १ मा माओवादी केन्द्र तत्काल सरकारमा नजाने

<span class='c1'>प्रदेश १ मा माओवादी</span> <span class='c2'>केन्द्र तत्काल सरकारमा नजाने</span>

विराटनगर । माओवादी केन्द्र प्रदेश १ सरकारमा सहभागी नहुने भएको छ ।

केन्द्रमा भएको सहमतिप्रति असन्तुष्टि जनाउँदै माओवादी केन्द्र सरकारमा तत्काल सहभागी नहुने भएको हो ।

माओवादी केन्द्र प्रदेश १ का संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले केन्द्रको निर्णयले प्रदेश १ को सिंगो माओवादी पार्टीको अपमान भएको बताए ।
केन्द्रको निर्णयले माओवादी प्रदेश १ को अपमान भएको बताउदै उनले आलोपालोबारे लिखित सहमति नभएसम्म आफूहरु सरकारमा सहभागी नहने बताए ।
सरकारलाई दिएको समर्थन भने यथावत रहने माओवादीले जनाएको छ ।

माओवादी केन्द्रले एमालेसँग आधा आधा कार्यकाल हुनुपर्ने बताउँदै आएको छ । आइतबार साँझ सत्तारुढ दलहरुको बैठकले प्रदेशको भागबण्डा गरेको थियो । उक्त भागबण्डामा प्रदेश १ मा माओवादीले सभामुख मात्रै पाएको छ भने मुख्यमन्त्री आलोपालो गर्ने विषय उल्लेख छैन ।

एमालेका तर्फबाट आइतबार प्रदेश १ को मुख्यमन्त्रीमा हिक्मतकुमार कार्की नियुक्त भइसकेका छन् । कार्कीलाई आज दिउँसो २ बजे शपथग्रहण गराउने कार्यक्रम छ । कार्कीको शपथ लगत्तै सानो आकारको मन्त्रीमण्डल आजै विस्तार गर्ने तयारी थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्