विराटनगर । झापाको छुट्टा छुट्टै दुई स्थानहरुबाट प्रतिबन्धित लागुऔषध सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
आइतबार दिउँसो १ बजे ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोली मेचीनगर नगरपालिका-७ स्थित २३ बर्षीय ओम पोर्तेललाई शंकास्पत अवस्थामा फेला पारी चेकजाँच गर्दा पोर्तेलको साथबाट लागुऔषध खैरो हिरोईन १ ग्राम फेला पारी नियन्त्रणमा लिएको हो ।
त्यसैगरि आइतबार दिउँसो ४ बजे लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा भद्रपुर नगरपालिका-४ स्थित २२ बर्षीय महमद सवर अन्सारीको साथबाट ब्राउन सुगर १६ ग्राम ६ सय मिलिग्राम फेला पारी पक्राउ गरिएको छ ।
पक्राउ परेका दुबै जनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।