सुनसरीको तीन स्थानमा सवारी दुर्घटना एकको मृत्यु ,छ जना घाइते

<span class='c1'>सुनसरीको तीन स्थानमा सवारी दुर्घटना</span> <span class='c2'>एकको मृत्यु ,छ जना घाइते</span>

सुनसरी, बैशाख १७

सुनसरीको बिभिन्न तीन स्थानमा विहीबार भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन्।

कोशी राजमार्ग अन्तर्गत सुनसरीको धरान ८ मा विहीबार साँझ १९०० बजे तिर को १ ह २९२ नम्बरको टेम्पुले को २१ प ४७६६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। ठक्करबाट मोटरसाइकल चालक धरान १७ बस्ने २५ बर्षिय बिनोद दियाली र पछाडी सवार सोही ठाउँका ३३ बर्षिय सोम गेलाल घाईते भएका थिए।

घाइते दुवैलाई उपचारका लागी बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगेकोमा उपचारको क्रममा सोम गेलालको मृत्यु भएको हो। ठक्कर दिने टेम्पो र चालक इलाका प्रहरी कार्यालय धरानको नियन्त्रणमा राखिएको छ।

त्यसैगरी पूर्व पश्चिम राजमार्ग अन्तर्गत सुनसरीको भोक्राहा ५ मा पश्चिमबाट पूर्वतर्फ जादै गरेको वा १२ च ५१७० नम्बरको स्कारपियो जीपले साईकलयात्रीलाई ठक्कर दिदा दुईजना घाइते भएका छन्। घाइते हुनेमा पश्चिम कुशाहा ६ बस्ने ७० बर्षिय शिवलाल उराउ र निजको छोरा २५ वर्षिय ज्ञान बहादुर उराउ रहेका छन्।

जिपको ठक्करबाट घाईते दुवैको बिराटनगर स्थित न्युरो अस्पतालमा उपचार भइरहेको छ भने ठक्कर दिने जीप र चालक जिल्ला प्रहरी कार्यालय सुनसरीको नियन्त्रणमा राखिएको छ।

त्यस्तै सुनसरीको रामधुनी-भासी नगरपालिका १ मा बिहीबार राती २३३० बजे मोटरसाइकलले साइकलयात्रीलाई ठक्कर दिदा तिनजना घाइते भएका छन्। को १५ प २०२८ नम्बरको मोटरसाइकलको ठक्करबाट इटहरी १६ बस्ने ४५ बर्षिय लिला कान्त चौधरी घाइते भएका छन्।

सोही क्रममा मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकलका चालक रामधुनी-भासी नगरपालिका १ का १७ बर्षिय शिव शंकर चौधरी र पछाडि सवार १९ बर्षिय सुरज चौधरी समेत घाईते भएका छन्। घाइते तीनैजनाको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय पकलीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्