विराटनगर । प्रदेश १ सरकारको पहिलो बैठकले मन्त्रीको संख्या घटाउने निर्णय गरेको छ ।
नवनिर्वाचित मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सपथ ग्रहण गरेपछि बसेको पहिलो बैठकले मन्त्रालयको संख्या घटाएर ९ वटा बनाउने निर्णय गरेको हो ।
बैठकले , प्रशासनीक सुधार , शीत लहरबाट जनतालाई जोगाउने, सेवा प्रवाह सुधारमा प्रमुख सचीवको नेतृत्वमा सुधार समिति , मन्त्रालय संरचना घटाउने लगायतका निर्णय भएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।