विराटनगर आएर प्रधानमन्त्री ओलीले भने “दलहरु एक ठाउँ उभिन आवश्यक”

<span class='c1'>विराटनगर आएर प्रधानमन्त्री ओलीले भने</span> <span class='c2'>“दलहरु एक ठाउँ उभिन आवश्यक”</span>

विराटनगर, वैशाख १७ । प्रधानमन्त्री केपी शर्मा ओलीले देश बनाउने अहिलेको अवस्थामा दलहरुले राष्ट्रिय हितलाई केन्द्रमा राखेर अघि बढ्नुको विकल्प नरहेको बताएका छन् । विराटनगरमा पत्रकारहरुसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले भूकम्पपछिको पुनर्निर्माणलाई गति दिन एवं संविधान कार्यान्वयनको चुनौती सामना गर्न पनि दलहरु एक ठाउँ उभिन आवश्यक रहेको बताए । उनले मधेसी मोर्चासँग सरकार वार्ता र संवादबाट समस्या समाधान गर्न तयार रहेको जनाए । प्रधानमन्त्री ओलीले सरकारले जनताले सम्झनालायक बजेट ल्याउने तयारी गरिरहेको पनि बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्