घट्यो सुन चाँदीको मूल्य

<span class='c1'>घट्यो सुन</span> <span class='c2'>चाँदीको मूल्य</span>

काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबारका तुलनामा प्रतितोला रू चार सयले घटेर रू एक लाख तीन हजार पाँच सय कायम भएको छ ।

छापावाल सुनको मूल्य सोमबार प्रतितोला रू एक लाख तीन हजार नौ सयमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजावी सुनको मूल्य प्रतितोला रू एक लाख तीन हजार छ । यसको मूल्य अघिल्लो दिन रू एक लाख तीन हजार चार सय थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा रू २५ ले घटेर प्रतितोला रू एक हजार तीन सय ६५ तोकिएको महासङ्घले जनाएको छ ।

महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक मूल्य तोक्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्