मजदुर आन्दोलन देखि सभामुखसम्म बाबुराम गौतमको राजनीतिक यात्रा

<span class='c1'>मजदुर आन्दोलन देखि सभामुखसम्म</span> <span class='c2'>बाबुराम गौतमको राजनीतिक यात्रा</span>

सुजता लिम्बू
विराटनगर । प्रदेश १ मा प्रदेशसभाको सभामुखका लागि हालसम्म कसैको दावी नआए पछि माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा प्रदेश १ का प्रदेशसभा सदस्य बाबुराम गौतम सभामुख पदका लागि निश्चित भएका छन् ।

प्रदेशसभाको सभामुख पदका लागि निर्धारित समयमा गौतमको बाहेक अन्य कुनै दलले दावी गरेको छैन । त्यसो हुँदा उनी निर्विरोध निर्वाचित हुनेछन् । सभामुखको निर्वाचन पुस २८ गते हुनेछ । गौतमलाई सभामुख चयन गर्ननका निम्ति एमाले संसदीय दलका प्रमुख सचेतक रेवती रमण भण्डारी प्रस्तावक रहेका छन् भने समर्थकमा माओवादी केन्द्रका नारायण बुर्जा मगर, राप्रपाका गोपालबहादुर विश्वकर्मा र नेकपा (एकीकृत समाजवादी)का कमल जबेगुले समर्थन गरेका छन् । ५० वर्षीय गौतम ओखलढुङ्गाको प्रदेश निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद हुन् ।

प्रदेश १ प्रदेशसभाको सभामुख चयनको कार्यतालिका आजै सार्वजनिक भएको थियो । तालिका अनुसार आज ३ बजेदेखि ५ बजेसम्मका लागि उम्मेद्वारी मनोनयनको समय दिइएको थियो । उक्त अवधिमा कुनै पनि उम्मेद्वारी नपरेको संसद सचिवालयका प्रमुख सचिव गोपाल पराजुलीले जानकारी दिए ।

को हुन् गौतम

२०४६ सालको पञ्चायत विरोधी आन्दालेनबाट राजनीतिक यात्रा आरम्भ गरेको गौतम ओखलढुंगाको लिखु गाउँपालिका ९ मा जन्मेका गौतम बहुदलपछि सर्लाहीको महादेव जनता माविमा अखिलको इकाइ अध्यक्ष भए थिए । अध्ययनका सिलसिलामा काठमाण्डौ पुगेका उनी आरआर क्याम्पसमा अध्ययन गर्दै गर्दा अखिलबाटै स्ववियुको राजनीति गरेका थिए । विद्यार्थी राजनीतिमा सक्रिय रहेका उनी २०५२ साल फागुन १ गतेदेखि नै माओवादी जनयुद्धमा होमिएका थिए । उनी त्यसबेला काठमाडौं–ओखलढुङ्गा सम्पर्क समितिको सचिव थिए । उनले राजनीतिक जीवन यात्रामा दुईसम्म जेल जीवन व्यतित गरे । जेल जीवनमुक्त भएसँगै उनले माओवादी कमाण्डरको रुपमा ओखलढुंगामा काम गरेका थिए । ०६० सालमा अखिल नेपाल ट्रेड युनियन महासंघको महासचिवको कार्यभार सम्हालेका उनी शान्ति प्रक्रिया पछि पनि मजदुर संगठनको केन्द्रीय उपाध्यक्ष भएका थिए । उनले मजदुर संगठनमा रहँदा झापा, मोरङ र सुनसरीमा पनि लामो समय काम गरेका छन् ।

२०७० सालदेखि भने उनी ओखलढुङ्गा जिल्लामा पार्टी अध्यक्ष भएर भूगालकै राजनीतिमा काम गर्न थाले । अध्यक्ष हुँदै आहिले उनी ओखलढुङ्गाको इन्चार्जको भूमिकामा छन् । पार्टीगत राजनीतिमा मजदुर आन्दोन हुँदै योगदान गरेका उनको यो संसदीय यात्राका लागि पहिलो अनुभव हो ।
त्यसो त उनको ०६४ साल र ०७० सालको संविधानसभा निर्वाचनमा समानुपातिक तर्फ उम्मेद्वार पनि बनेका थिए । तर, त्यो समय नभे उनी सांसद बन्न पाएका थिएनन् । ०७४ को निर्वाचनमा पनि संसदीय अभ्यासका लागि निर्वाचनमा जान नचाहेका होइनन् । तर, पाएनन । अहिलेको निर्वाचनमा भने काँग्रेसको सहयोगमा निर्वाचित भएका गौतम पहिलो चरणमै प्रदेशसभाका मुख्य स्थानमा पुग्न पुग्ने निश्चित भएको छ । राजनीतिशास्त्रमा आइएसम्मको अध्ययन गरेका उनी जनयुद्धको कारण शैक्षिक योग्यतालाइ थप निरन्तरता दिन नपाएको सुनाउछन् ।

निर्विरोध सभामुख हुने परिस्थिति निर्माण हुँदा आफूलाई महत्वपूर्ण जिम्मेवारी दिएको अनुभूति भएको उनी बताउछन् । उनले प्रदेश १ को नामाकरण गर्न छुटेको बताउदै समग्र प्रदेश १ को विकासको पनि पहलकदमी लिनुपर्नेमा जोड दिए ।

उनले पक्ष–प्रतिपक्ष नभनिकन सबै प्रदेशसभाका सदस्यहरुलाई काम दिने सन्दर्भमा र भोलीका दिनमा प्रदेशसभालाई पूर्ण सफल बनाउन आफू सबै प्रयास गर्ने बताउछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्