फौजदारी तथा देवानी विधयेकका विषयमा छलफल

<span class='c1'>फौजदारी तथा देवानी</span> <span class='c2'>विधयेकका विषयमा छलफल</span>

बिराटनगर,बैशाख १८
13081865_1051253394929045_667566858_nफौजदारी तथा देवानी विधयेकका विषयमा आज विराटनगरमा सञ्चारकर्मी तथा मानवअधिकारवादीहरुसंग छलफल गरिएकोछ । देवानी तथा फौजदारी संहिता विधेयक २०७१ माथि सरोकारवालाहरुसंग सुझाब संकलनको लागि आज व्यवस्थापिक संसद विधायन समितिले अन्र्तरक्रियाको आयोजना गरेको हो । कार्यक्रममा पूर्व न्याधिवक्ता तथा पुर्व न्यायधिश राघवलाल वैद्यले देवानी तथा फौजदारी कानुनको संसोधनको अबस्यक्ता र संसोधन भएका विषयमा जानकारी गराउनु भएको थियो ।

कार्यक्रममा सहभागीहरुले प्राय फौजदारी मुद्धामा विगो तथा सजाँय कम भएको बताएका छन् । यस्तै प्राविधिक ठगिका विषयमा समेत उपयुक्त कानुन नभएको सरोकारवालाहरुले बताएका छन् । कार्यक्रममा बोल्दै नागरीक समाजका डिल्ली प्रसाईले प्राविधिक नापतौलमा उपभोक्ताहरु ठगिएपनि उपयुक्त कानुन नहुदाँ पिडकहरु उम्कीने गरेको बताउनुभयो । अधिबक्ता नारायण दाहालले लागु औषध लगायतका फौजदारी मुद्धा लागेकाहरुले कानुन व्यवसायी वा विदेशस्थित दुताबासबाट तारख लिने गरि कानुन निर्माण हुनु पर्ने बताउनुभयो । तारेखमा छुटेपछि रोजगारीका लागि विदेश पुग्ने गरेको र त्यहाँ रहदाँ दुताबासबाट वा कानुन व्यवसायीले तारेख लिन सक्ने प्रावधान राख्नु पर्ने उहाँको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्