मोटरसाइकल दुर्घटनामा एक जना घाइते

<span class='c1'>मोटरसाइकल दुर्घटनामा एक</span> <span class='c2'>जना घाइते</span>

बिराटनगर, बैशाख १८
पूर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको कल्याणपुर २ मा आज बिहान मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना हुदा एक जना घाइते भएका छन्। घाइते हुनेमा स ५ प ९३६० नम्बरको मोटरसाइकलको पछाडि सवार कल्यणपुर ४ बस्ने ६० बर्षिय अब्दुल मिया रहेका छन्। बिहान साढे सात बजे तिर पश्चिमतर्फ जादै गरेको मोटरसाइकल आफै अनियन्त्रित भइ दुर्घटना हुदा मोटरसाइकलको पछाडि सवार मिया घाइते भएका हुन्। दुर्घटनामा घाइते मियाको लहान  अस्पतालमा उपचार भइरहेको छ भने मोटरसाइकल र चालक इलाका प्रहरी कार्यालय कल्याणपुरको नियन्त्रणमा रहेको उक्त कार्यालयले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्