चिनियाँ रासायनिक कारखानामा विस्फोट, दुई जनाको मृत्यु

<span class='c1'>चिनियाँ रासायनिक कारखानामा विस्फोट,</span> <span class='c2'>दुई जनाको मृत्यु</span>

चीनको एक रासायनिक कारखानामा भएको विस्फोटमा परी दुई जनाको मृत्यु भएको छ भने अन्य १२ जना हराइरहेका छन् । घटनामा ३४ जना घाइते भएका छन् ।

उत्तरपूर्वी लियाओनिङ प्रान्तको पानशान काउन्टीमा रहेको एक कारखानामा आइतबार दिउँसो विस्फोट भएको सरकारी प्रसारक सिसिटिभीले जनाएको छ ।

विस्फोटपछि १२ जना हराइरहेका र घाइतेलाई उपचारका लागि अस्पताल भर्ना गरिएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै सिसिटिभीले जनाएको छ ।

सिसिटिभीले भनेको छ, “आगो अहिले नियन्त्रणमा आइसकेको छ ।”

सीसीटीभीले सार्वजनिक गरेको भिडियो र तस्बिरमा कारखानाबाट बाक्लो धुवाँ र आगोको मुस्लो देखिन्छ भने प्लान्टबाहिर हेल्मेट लगाएका अग्निनियन्त्रकहरूको एक समूह देखिएको छ ।

आगलागी नियन्त्रणका लागि ३३० भन्दा बढी अग्निनियन्त्रक परिचालन गरिएको सीसीटीभीले जनाएको छ ।

गत डिसेम्बरमा उत्तरपश्चिम चीनको सिन्जियाङ क्षेत्रमा रहेको एक सुनखानीमा भएको विस्फोटमा परी १८ जना सुरूङमा फसेका थिए । रासस/एएफपी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्