बिराटनगर-१६ मा जन्ती बसमा ढुङा हान्ने पक्राउ

<span class='c1'>बिराटनगर-१६ मा जन्ती बसमा</span> <span class='c2'>ढुङा हान्ने पक्राउ</span>

मोरङ, बैशाख २०

मोरङको बिराटनगर १६ स्थित बरमपुरामा आइतबार जन्ती बोकेको एक बस तथा एक मिनि ट्रकमा ढुङा प्रहार गर्ने एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

को. १ ख १२२ नम्बरको बस र स. १ क १४३ नम्बरको मिनि ट्रकमा ढुङा हान्ने सुनसरी सत्तेरझोडा ९ का २२ वर्षिय विपिन यादवलाई प्रहरीले पक्राउ गरेको छ।

विपिनसहित ३\४ जनाको समुहले आइतबार राती बरमपुरा पुल नजिक मोरङको रानीबाट जन्ती लिएर सुनसरी रामगंज बेल्गछीया तर्फ जादै गरेको बस तथा मिनि ट्रकमा ढुङा हानेका थिए।

ढुङा प्रहारबाट बसको साइडको शिशा फुटेर बसमा सवार भारत जोगबनी बस्ने १७ वर्षिय संजय कुमार तत्माको निधारमा चोट लागेको छ।

तत्मालाई उपचारकालागी कोशी अंचल अस्पताल बिराटनगर पुर्‍याइएको छ भने ढुङा प्रहार गर्न अन्यको खोजी भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्